Widgets

Home » » पर्सि खोलिँदै महत्वपूर्ण ढिकुटी

पर्सि खोलिँदै महत्वपूर्ण ढिकुटी

Written By sangalo on Monday, April 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२० चैत, काठमाण्डौं । सयौं बर्ष पुरानो पुरातात्विक महत्वको हनुमानढोकामा रहेको देशकै दुई मूल ढिकुटी पर्सि बिहीबार खोलिने भएको छ । ढिकुटी ढल्नै लागेपछि सरकराले विशेष निगरानीमा खोल्न लागेको हो । पुरातत्व विभागका महानिर्देशक संयोजकत्वमा गठित २३ सदस्यिय समितिले ढिकुटी खोल्ने विषयमा आचारसंहिता र कार्य विवरण तयार गरी सरकारलाई बुझाएपछि दुई ढिकुटी खोल्न लागिएको हो । अत्यन्तै जीर्ण अवस्थामा रहेको ढिकुटीको खजाना व्यवस्थापन गर्न हतारमा खोल्न लागिएको संयोजक एवम् विभागका महानिर्देशक भेषनारायण दाहालले बताउनुभएको नेपाल समाचारपत्रमा खबर छ । उहाँका अनुसार ढिकुटी खोल्न ११ बुँदे आचारसंहिता र कार्ययोजना तयार गरी ण्किुटी खोल्ने पुरै तयारी गरिएको छ । ढिकुटी खोल्न हनुमानढोकाको सुरक्षार्थ खटिएको शार्दुलजंग गुल्मलाई सम्पूर्ण जिम्मेवारी दिइएको छ । सो गुल्मले आवश्यक संख्यामा सेना परिचालन गर्नेछ । पृथ्वीनारायण शाहको पालादेखि सम्पत्ति रहेको अनुमान गरिएको ढिकुटीमा के के होला भन्ने सवैलाई कौतुहल भएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger