Widgets

Home » » युएईमा एक नेपाली महिलाको उद्दार

युएईमा एक नेपाली महिलाको उद्दार

Written By sangalo on Monday, April 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२० चैत, दुवर्इ । संयुक्त अरब एमिरेट्स युएईको दुबइमा एक नेपाली महिलालाई उद्दार गरिएको छ । इमराती नागरिकको घरमा घरेलु महिला कामदारको रुपमा कार्यरत महिलालाई मालिकको यातना कारण उनको ज्यान जोखिममा रहेको अवस्थामा नेपाली जनसंपर्क समिति युएईले उद्दार गरेको हो । सिन्धुपाल्चोककी रमिला तमाङ ( नाम परिवर्तन) लाई उनी कार्यरत घरको जोखिम अवस्थाबाट उद्दार गरि युएईका लागि नेपाली राजदुतावास आबुधाबीको सेल्टर हाउसमा पुराइएको हो । घर मालिकको यातनामा सडकमा वेवारिशे अवस्थामा भौतारिएको अवस्थामा जनसंपर्क समितिका केन्द्रिय उप-सभापति खेमराज बस्नेत , दुबइ क्षेत्रिय सचिव गोपाल कंडेल तथा सारजाह क्षेत्रिय उपाध्यक्ष पिताम्बर पाण्डेको संयक्त पहलमा रमिलालाई उद्दार गरेर दुतावास सम्म पुराइएको हो । १९ बर्षिय तामाङ रोजीरोटीका लागि १ वर्ष अघि दुबइ आएकी हुन । उनी के कसरि युएई छिरेकी हुन भन्ने अझै खुलेको छैन । उनी युएई आउँदा श्रम गरे नगरेको अहिले सम्म नखुलेको उद्दारकार्यमा जुटेका सहकर्मीहरुको भनाइलाई उद्रित गर्दै नेपाली काग्रेंसको अन्तरास्ट्रिय भात्री सगंठन नेपाली जनसंपर्क समिति यूएईका अध्यक्ष चित्र केसीले जानकारी दिए । ‘नेपाली महिला मालिकको यातनाले पीडित भएपछि घर छोडेर भागेर सडकमा अलपत्र परेको खबर अर्का नेपाली सुर्य श्रेष्ठले जानकारी दिएपछि जनसंपर्क समितिले आफ्नो जनशक्ती परिचालन गरेर उद्दार गरेको हो’ केसीले भने । उनलाई उद्दार गरेर दुतावास सम्म पुर्याएका छौ , राजदुत धनन्जय झाले पनि जतिसक्दो छिट्टो प्रकृया पुरा गरेर उनलाई नेपाल पठाउन पहल गर्ने बताएको समितिका सभापति केसीले बताए । नेपाली जनसंपर्क समिति युएई राजनीतिक पार्टीको भात्री सगंठन भए पनि प्रवासमा अप्ठ्यारोमा पर्ने सबै नेपालीको लागि सहयोगी बनेर सामाजिक कार्य गर्ने गरेको केयौ उदाहरण देखिएको यहाँ कार्यरत नेपालीको प्रतिकृया छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger