Widgets

Home » » तीन बर्षमा १ लाख घरेलु उद्योग बन्द

तीन बर्षमा १ लाख घरेलु उद्योग बन्द

Written By sangalo on Tuesday, April 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२१ चैत, काठमाण्डौं । बढ्दो लोडसेडिङ, बैंक व्याजदर र श्रमिक अभावले तीन बर्षयता १ लाख ५ हजार घरेलु तथा साना उद्योग बन्द भएका छन् । आर्थिक बर्ष ०६६/६७ मा २ लाख ३० हजार यस्ता उद्योग अहिले १ लाख २५ हजारमात्र सञ्चालनमा छन् । ‘सञ्चालनमा रहेका उद्योगको अवस्था पनि दयनीय छ,’ घरेलु तथा साना उद्योग महासंघका महासचिव विष्णुबहादुर लुईटेलले भने । घरेलु तथा साना उद्योग विभागको सहयोगमा महासंघले प्रत्येक जिल्लामा सञ्चालित उद्योगको तथ्यांक संकलन गरेको हो । उनका अनुसार कुल दर्तामध्ये ३५ देखि ४० प्रतिशत उद्योगले काम नै सुरु गरेका छैनन् । ‘काम गर्ने उद्योगले पूर्वाधार र कच्चा पदार्थ अभाव, बरारीकरण, व्याजदर, उर्जा तथा श्रम समस्याले निरन्तरता दिन नसेका हुन्,’ उनले भने, कारोबार दैनिकमा खबर छ । महासंघ अध्यक्ष सुरेश प्रधानले औद्योगिक वातावरण अभावले साना उद्योग दिनानुदिन धराशायी बन्दै गएको बताए । ‘हामीकहाँ अनुकुल औद्योगिक वातावरण छैन्, जसको चपेटामा साना र घरेलु उद्योग बढी परेका छन्,’ उनले भने । नेपालमा कुल ग्राहस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान ६ प्रतिशत छ । त्यसमध्ये ८० प्रतिशत योगदान घरेलु तथा साना उद्योगको रहेको प्रधानको दाबी छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger