Widgets

Home » » नेपाली कामदार इराक जान पाउने

नेपाली कामदार इराक जान पाउने

Written By sangalo on Tuesday, April 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२१ चैत, काठमाण्डौं । सुरक्षाका दृष्टिबाट संवेदनशील मानिएको मध्यपूर्वी देश इराकमा कामका लागि जाने अनुमति दिन श्रम तथा रोजगार मन्त्रालयले प्रक्रिया सुरु गरेको छ । उसले इराकको राजधानी बग्दादस्थित दक्षिण कोरियाली दूतावासले १३ नेपाली कामदार मागेकाले श्रम स्वीकृतिलाई सिफारिस गर्ने निर्णय गरेको हो । इराकमा साढे ८ बर्षअघि १२ नेपालीको एक आतंकवादी समूहले सामुहिक हत्या गरेपछि ०६१ भदौ १६ गतेदेखि सरकारले कामका लागि प्रतिबन्ध लगाउँदै आएको छ । श्रम मन्त्रालयमा सोमबार भएको बैठकले ‘बग्दातस्थित कोरियन दूतावासबाट माग भइ आएकाले श्रम स्वीकृति दिने प्रक्रिया अघि बढाउन सिफारिस गर्ने निर्णय गरियो’ भनेको छ । मन्त्रालयको श्रम सम्बन्ध महाशाखाका प्रमुख सहसचिव विनोद केसीको अध्यक्षतामा श्रम, परराष्ट्र, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधिको बैठकले सिफारिसको निर्णय गरेको हो । ‘कूटनीतिक निकायमा कामदार पठाउन मन्त्रालयको निर्देशन मागेका थियौं, जुन १३ जना कामदारको हकमा प्राप्त भएको छ,’ विभागका निर्देशक तथा प्रवक्ता दिवस आचार्यले जानकारी दिएको कान्तिपुर दैनिकमा खबर छ । उनका अनुसार मन्त्रालयमा भएको बैठकले गरेको यो सिफारिस सचिवस्तरीय निर्णय भएपछि लागू हुनेछ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger