Widgets

Home » » अपराधीले पनि चुनाव लड्न पाउने व्यवस्था

अपराधीले पनि चुनाव लड्न पाउने व्यवस्था

Written By sangalo on Tuesday, April 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२१ चैत, काठमाण्डौं । निर्वाचन आयोगले अन्तरिक संविधानविपरीत फौजदारी अभियोगमा सजाय पाएकालाई पनि संविधानसभा चुनाव लड्न पाउने गरी ऐन संशोधन प्रस्ताव गरेको छ । आयोगले सोमबार सरकारलाई पठाएको ‘संविधानसभा सदस्यको निर्वाचनका सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ मस्यौदामा फौजदारी अभियोगमा सजाय भुक्तान गरेको ६ बर्षपछि उम्मेदवार बन्न पाउने उल्लेख छ । अन्तरिम संविधानको धारा ६५ -ग) मा ‘नैतिक पतन, देखिने फौजदारी कसुरमा सजाय नपाएको’ व्यक्ति उम्मेदवारीका लागि योग्य हुने व्यवस्था छ । संविधानसभा निर्वाचन ऐन २०६४ संशोधन गर्न प्रस्तावित अध्यादेशको दफा १९ को -ङ) मा ‘ज्यान, चोरी, डाँका, अपहरण, जबजस्ती करणी, मानव बेचविखन तथा ओसारपसार, सम्पत्ति शुद्धीकरण, राहदानी दूरुपयोग, लागूऔषध, कैदबाट भागेको वा अरुलाई भगाएको, जासुसी, संरक्षित बन्यजन्तु र बनस्पति, पुरातात्विक बस्तु वा भन्सार, चोरीनिकासी, पैठारीको कसुरमा अदालतको फैसालबाट सजाय पाई सो सजाय भुक्तान गरेको ६ बर्ष पुरा नभएको’ व्यक्तिमात्र उम्मेदवार बन्न अयोग्न हुने उल्लेख गरिएको छ । निर्वाचन आयोग कानुन महाशाखाका प्रमुख मधुप्रसाद रेग्मीले राजनीतिक शुद्धता कायम राख्न उम्मेदवारीको दायरा फराकिलो पार्न यस्तो प्रस्ताव गरिएको बताए । ‘अपराधमा संलग्न वा सहयोग गरेका व्यक्ति सजाय पाइसकेपछि पनि भरसक राजनीतिमा नफर्कोस भनेर दायरा फराकिलो पारिएको हो,’ उनले भने नागरिक दैनिकमा खबर छ । ‘६ बर्ष सजाय भुक्तान गर्दा उसको राजनीतिक करिअर नै सकिन्छ,’ रेग्मीको टिप्पणी छ । निर्वाचनसम्बन्धी प्रचलित कानुनअनुसार साजय पाएको व्यक्तिले भने सजाय भुक्तान गरेको दुई बर्षसम्म चुनाव लड्न नपाउने व्यवस्था छ । त्यस्तै भ्रष्टाचार कसुरमा अन्तिम अदालती फैसलाबाट सजाय पाउने व्यक्ति अयोग्य हुने उल्लेख छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger