भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२१ चैत, काठमाण्डौं । नेपाली काँग्रेसले अन्तरिम चुनावी मन्त्रिपरिषद्लाई मुलुकमा दीर्घकालीन असर पर्ने गरी कुनै पनि निर्णय नगर्न औपचारिक रुपमै आग्रह गर्ने भएको छ ।
संविधानसभा निर्वाचनको मुख्य प्रयोजनका लागि गठन भएको रेग्मी सरकारले निजामती कर्मचारी, नेपाली सेना, प्रहरी, संस्थानलगायत विभिन्न ठाउँमा सरुवा, बढुवा, नियुक्तिलगायतका काम धमाधम गर्न थालेपछि काँग्रेसले औपचारिक रुपमै यस्तो कार्य रोक्न दबाब दिने भएको हो ।
पूर्ववर्ती बाबुराम भट्टराई नेतृत्वको काम चलाउ सरकारले गरेका राजनीतिक नियुक्तिलगायत बदर हुनुपर्ने माग राख्दै आएको कांग्रेस वर्तमान सरकार पनि सोही दिशातर्फ उन्मुख भएपछि कडा रुपमा प्रस्तुत हुने भएको खबर राजधानी दैनिकले छापेको छ ।
प्रधानन्यायाधीश रेग्मीको नेतृत्वमा अन्तरिम चुनावी मन्त्रिपरिषद् गठन गर्न ११ बुँदे सहमतिमा हस्ताक्षर गर्न सहमत पार्टीका शीर्ष नेताप्रति असन्तुष्ट २२ केन्द्रीय सदस्यहरुसँग मंगलबार आफ्नै निवासमा कुराकानी गर्दै सभापति सुशील कोइरालाले दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न औपचारिक रुपैमै आग्रह गर्ने जानकारी गराएका हुन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.