Widgets

Home » » विपन्न परिवारका व्यक्तिले मिर्गौला फेर्न दुई लाख पाउने

विपन्न परिवारका व्यक्तिले मिर्गौला फेर्न दुई लाख पाउने

Written By sangalo on Tuesday, April 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२१ चैत, काठमाण्डौं । विपन्न नागरिकले मिगौंला प्रत्यारोपण गर्न सरकारले प्रतिव्यक्ति दुई लाख रुपैयाँ सहयोग गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘विपन्न नागरिक औषधि उपचार कोष’ मार्फत सहयोग उपलब्ध गराउन लागिएको हो । मन्त्रालयले सो सहयोग स्वदेश तथा विदेशमा उपचार गराउने सबैलाई दिने निर्णय सोमबार गरेको हो । रकम निर्धारण समितिमा स्वास्थ्य तथा जनसंख्या, गृह तथा अर्थ मन्त्रालयका सचिव तथा नेपाल मेडिकल बोर्डका अध्यक्ष सदस्य र चिकित्सा सोवा महाशाखाका प्रमुख सदस्यसचिव रहने व्यवस्था छ । समितिले कोषमार्फत पाउने सो रकम बिरामीलाई नगद रुपमा दिइने भने होइन् । मन्त्रालयको चिकित्सा महाशाखाका प्रमुख डा. तीर्थराज बुर्लाकोटीका अनुसार स्वदेशमै प्रत्यारोपण गर्नेले मन्त्रालयमा सूचीकृत भएका अस्पतालबाट प्रत्यारोपण गराइसकेपछि कुल लागतबाट दुई लाख रुपैयाँ घटाउने व्यवस्था गरिएको नयाँ पत्रिकामा खबर छ । विदेश गई उपचार गराउनेका लागि परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित देशमा रहेका नेपाली दूतावासबाट सम्बन्धित अस्पतालमा भुक्तानी पठाइने व्यवस्था मिलाइएको छ । तर, विदेश जानेले अनिवार्य रुपमा मेडिकल बोर्डको सिफारिस पेस गर्नुपर्नेछ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger