Widgets

Home » » कर्णेल लामाको खुट्टामा ट्रयागिङ डिभाइस

कर्णेल लामाको खुट्टामा ट्रयागिङ डिभाइस

Written By sangalo on Tuesday, April 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

२१ चैत, काठमाण्डौं । बहालवाला कर्णेल (महासेनानी) को सान नै बेग्लै हुन्छ, नेपालमा । तर कर्णेल कुमार लामा अपवाद भएका छन् । जागिरे छँदै उनी लन्डनमा थुनिए, त्यो पनि युद्ध अपराध अभियोगमा । दक्षिणी सुडानमा शान्ति सेनाको नेतृत्व सम्हालिरहेका उनी बिदामा बेलायतमा रहेकी नर्स श्रीमती र छोरीहरू भेट्न आउँदा समातिए जनवरी पहिलो साता ।
दुई महिना दस दिन थुनामा रहेर धरौटीमा छुटेका लामामाथि अहिले पनि गह्रुँगो भारी छ । कुनै बेला पूरै गणको कमान्ड सम्हाल्ने हैसियत राख्ने लामा अहिले एउटा सानो घडीजत्रो यन्त्रले घरैभित्र खुम्चिन बाध्य छन् । अन्तिम फैसला कुरिरहेका उनको खुट्टामा जडान गरिएको घडी आकारको उक्त ट्रयाकिङ डिभाइसले उनी कहाँ छन् भनेर सुपरिवेक्षण गरिरहेको छ ।
Kumar-lama
स्याटेलाइट नेभिगेसन प्रविधि जीपीएसमार्फत चल्ने उक्त यन्त्रले कहिलेकाहीं भने काम नगर्ने जानकारहरू बताउँछन् । कानुनबेत्ता राजु थापाका अनुसार नुहाउँदा वा विकट क्षेत्रमा यसले काम गर्दैन । जीपीएस सिग्नलले काम नगरेका बेला वा पावर सप्लाई छुटेको अवस्थामा यो रोकिन्छ तर यसबारे अधिकारीहरू अलर्ट भइहाल्छन् । बेलायतमा दुई निजी कम्पनी जिफोरएस र सर्कोले यस प्रविधिको सुपरिवेक्षण जिम्मा लिएका छन् ।
कसैले निकाल्ने प्रयास गर्‍यो वा बिगार्न खोज्यो भने नियन्त्रण केन्द्रमा स्वतः रिपोर्ट पुग्छ । बाँधिएको ट्याग निकाले वा बिगारे यसलाई गम्भीर उल्लंघन मानेर थप अपराध स्वरूप सजाय दिइने थापाले जनाए । बेलायतमा सन् १९९० को दशकदेखि यो प्रयोगमा आएको हो । यसको प्रयोगले बर्सेनि सय मिलियन पाउन्ड खर्च हुने प्रोवेसन युनियनको रिपोर्टमा उल्लेख छ । यसले स्याटेलाइटमार्फत २४ घन्टा अवधिमा करिब एक लाख ८० हजार अपराधीको सुपरिवेक्षण गर्न सक्ने क्षमता राख्छ । ६ वर्षयता यस प्रविधिको प्रयोग वृद्धि भइरहेको छ । यसका लागि गएको १३ वर्षमा एक अर्ब पाउन्ड खर्च भइसकेको जनाइएको छ । सन् २०१० र ०११ मा यसले ६४ हजार ४ सय २० अपराधीको सुपरिवेक्षण गरेको थियो । कम खर्च, भरपर्दो, परिवारसँग सम्पर्क भइरहने र अपराधीलाई समाजमा सुध्रन अवसर दिने भएकाले यस प्रविधि लोकप्रिय भएको कान्तिपुर दैनिकमा खबर छ ।
लामालाई देश छाड्न प्रतिबन्ध छ, बेलुका १० देखि बिहान ७ बजेसम्म घर छाड्न नमिल्ने गरी कफ्र्युमा छन् उनी । सातामा एक पटक नजिकैको प्रहरी स्टेसनमा गएर रिपोर्ट दिन अनिवार्य छ । प्रहरीको निगरानी र अदालतले चाहेको जुनसुकै बेला उपस्थित हुनुपर्छ । तर, यी विभिन्न तनावबीच लामा आफूमाथि लगाइएको मुद्दा सामना गर्न तयार रहेको उनी निकटस्थले बताए । ‘उहाँ अहिले नेपालबाट पनि प्रमाण जुटाउन लागि रहनुभएको छ, आफ्ना जुनियर स्टाफसँग त्यतिबेलाको घटनाबारे फोनबाट बुझिरहनुभएको छ,’ एक आफन्तले भने । गत साता पनि उनी वकिल भेट्न गएका थिए ।
लामा शनिबार राजदूत सुरेशचन्द्र चालिसे र प्राध्यापक डा. सूर्य सुवेदीसहित अन्य केहीसँग मुद्दाकै आगामी रणनीति तय गर्न दूतावास पुगेका थिए । भेटमा लामाको मुद्दा हेरिरहेका किङ्सले नेप्ली र्फमले मागबमोजिम ४ लाख तीस हजार पाउन्ड कसरी तिर्ने भन्नेबारे लामाले चिन्ता व्यक्त गरेको दूतावासका एक अधिकारीले बताए । ‘सरकार परिवर्तन भएपछि त्यति ठूलो रकम कसरी निकासा होला भन्ने चिन्ता लामामा थपिएको छ,’ स्रोतले भन्यो ।
सेन्ट्रल क्रिमिनल कोर्टको आदेशबमोजिम लामाको प्ली केस म्यानेजमेन्ट हेयरिङ आगामी १० मे र अन्तिम सुनुवाइ आगामी ५ जुनमा दक्षिण पश्चिम लन्डनस्थित किङस्टन क्राउन कोर्टमा हुनेछ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger