Widgets

Home » » कुकुरका केही रमाइला तथ्य

कुकुरका केही रमाइला तथ्य

Written By sangalo on Tuesday, April 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


कुकुर मान्छेको इमान्दार जनावर साथी मात्र होइन यो धुर्त पनि हुन्छ । शोधकर्ताहरुका अनुसार मान्छेको भावना वा अवस्था बुझेर मान्छेलाई छक्याउँदै आफ्नो स्वार्थपूर्ति गर्न कुकुर निकै चलाख हुन्छ ।

मानवीय दृष्टिकोणबाट परिस्थितिलाई बुझ्न कुकुर धेरै हदसम्म सक्षम हुने शोधकर्ताहरुले बताएका छन् । उनीहरुका अनुसार उसलाई निषेध गरिएको वा खान नदिइएको खानेकुरा मान्छेको आँखा छलेर चोर्ने काममा कुकुर निकै बाठो हुन्छ । खासगरी अँध्यारोमा मान्छेले देख्न नसक्ने मौका पारेर यस्ता खानेकुरा हात पार्न कुकुर ढुकिरहेको हुन्छ ।

कुकुरले आफ्नो मालिक रिसाएको छ की खुसी भएको छ ? त्यो कुरा बुझ्छ र सोही अनुरुप आफ्नो व्यवहार परिवर्तन गर्छ । एनिमल कग्निसन नामक पत्रिकामा प्रकाशित समाचार अनुसार आफ्नो मालिकको अगाडि निकै इमान्दार देखिएपनि मालिकले नदेख्ने परिस्थितिमा कुकुरले इमान्दारिता त्याग्छ र आफ्नो औकात देखाइहाल्छ । घरभित्र खानेकुरा समेत भएको कोठामा मालिकसँग बसिरहेको कुकुर उज्यालोमा त्यो खानेकुरा छुन जाँदैन, तर जब बत्ति निभाइन्छ वा अँध्यारो पारिन्छ तब उक्त कुकुरले आफुलाई मालिकले नदेख्ने ठान्छ र लुसुक्क त्योे खानेकुरा भाठौँ पुगेर खाइहाल्छ । अँध्यारोमा मान्छेले देख्न सक्दैन भन्ने कुराको हेक्का कुकुरलाई भएको बेलायतको पोर्टस्माउथ विश्वविद्यालयकी शोधकर्ता जुलियन कामिन्स्की बताउँछन् । तर मान्छेको सुखदुखमा कुकुरले आफ्नो अनुहार पनि दुखी वा हँसिलो बनाएर साथ दिन्छ भन्ने यसअघिको मान्यता भने गलत रहेको उनको भनाइ छ ।

उनका अनुसार कुकुरले मान्छेको सुखदुखमा आफ्नो अनुहार पनि उस्तै पारेर साथ दिन्छ भन्ने कुरा केवल मान्छेको सोँचाई वा अनुमान मात्र हो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger