Widgets

Home » » अनपत्यारिला रोचक तथ्यहरु ३० ओटा छन पढ़न्नुहोस

अनपत्यारिला रोचक तथ्यहरु ३० ओटा छन पढ़न्नुहोस

Written By sangalo on Tuesday, April 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


१ मानिसको शरीरको सम्पूर्ण रक्त बाहिनी नलीको लम्बाई जोड्ने हो भने त्यो लम्बाईले पृथ्बीलाई दुई पटक बाध्न पुग्छ । २ खगोलशास्त्रीहरुको अनुमान अनुसार अन्तरिक्षमा लगभग एक अरब प्रम्हाण्ड छन र प्रत्येक ब्रम्हाण्डमा करोडौ सौर्यमण्डल छन । ३ अन्तरिक्षमा खरबौ ताराहरु छन एक अनुमान अनुसार प्रति मिनेट १५०० ताराको दरले गन्दा खेरी सम्पूर्ण तारहरु गन्न ७०० बर्षको समय लाग्नेछ । ४ संसारको कुल क्षत्रफलको ७१ प्रतिशत भुभाग पानीले ढाकेको छ । ५ एक ब्यक्तिले आफ्नो सम्पूर्ण जीवनकालमा लगभग ६१००० लिटर पानी पिउछ । ६ जहिले पनि एकै स्थानमा दिसा गर्ने जनावर गैंडा हो । ७ एक पटक उडेपछि सर्वाधिक लामो समयसम्म उडिरहने पंछी "सुटी टन" हो । यो पंछी ३ देखि ४ बर्षसम्म निरन्तर उडिरहन्छ । ८ आफ्नो गर्भधारण टाउकोमा गर्ने जिव उडुस हो । ९ ३ वटा मुटु भएको जनावर अक्टोपस हो । १० सौर्यपरिवारका सबै ग्रहहरु पश्चिम बाट पूर्वतिर घुम्दछन तर शुक्र ग्रह जो पूर्व बाट पश्चिम दिशातिर घुम्दछ । ११ समुन्द्र भित्र सुर्यको किरण ४०० मिटर भन्दा तल जान सक्दैन । १२ कुकुरको शरीरमा केवल एक अँग बाट मात्र पसिना आउछ र त्यो हो जिब्रो । १३ परमाणु कति सम्म सानो हुन्छ भन्ने अनुमान लगाउन यो जाने सजिलो होला कि पानीको एक थोपा १०० लाख खर्ब परमाणु हुन्छन । १४ अन्य मांसाहारी प्राणीको तुलनामा सिहको मुटु सबै भन्दा सानो हुन्छ । १५ एक बर्षमा एउटा लाम्खुट्टेले १५ करोड बच्चा जन्माउन सक्छ । १६ एउटा झिँगाले उड्ने बेलामा पखेटा १ सेकेण्ड्मा ३३० पल्ट हल्लाउछ । १७ लामखुट्टेले आफ्नो वजन भन्दा डेढ गुणा बढी रगत चुस्न सक्छ । १८ एक जोडी मुसाले एक बर्ष भन्दा काम समयमा १५ हजार भन्दा बढि सन्तान जन्माउन सक्छ । १९ बच्चा जन्माउने सबै प्राणीको पुछर हुन्छ तर मानिसको मात्र हुँदैन । २० आफ्नो आहार खादा रुने जनावर गोही हो । २१ अन्य प्राणीको तुलनामा उँट धेरै दिनसम्म पानी नपिईकन बांच्न सक्छ तर पानी बिना त्यो भन्दा लामो समय सम्म बाँच्न सक्ने प्राणी मुसा हो । २२ पानी जहाजको गति तातो पानीको तुलनामा चिसो पानीमा बढी तेज सँग चल्दछ । २३ हावामा ध्वनि तरँग ३०० मिटर प्रतीसेकेण्ड्का दरले यात्रा गर्छ भने पानीमा त्यही तरँग १५०० मिटर प्रति सेकेण्डका दरले यात्रा गर्छ । २४ शँख किरा आफ्नो जीवन कालमा एकै पटक मात्रा सेक्स गर्छ तर यो कृया लगातार १२ घण्टा सम्म जारी रहन्छ । साथै यो एस्तो जिब हो जो नयाँ ब्लेड्को धारमा पनि घाइते नभईकन हिंड्न सक्छ । २५ मानिसको फोक्सोलाई नसाहरुको समुह भन्दा पनि फरक पर्दैन किनकी यसमा साना र ठुला गरि ३०० अर्ब वटा जति नसाहरु हुन्छन । २६ "जाइजेन्टेक्स" नामक माछा टर्चलाइट जस्तो उज्यालो पार्दै पौडी खेल्दै हिड्छ । २७ गरनाइ नामक माछा पानीमा पौडी , सडकमा डौडन र हावामा उड्न पनि सक्छ । २८ भालु घाइटे भयो भने मानिसको बच्चा जस्तै रुन्छ । २९ जिराफ यस्तो जनावर हो जसले जीवनमा कहिले पनि आवाज निकाल्दैन र यो संसारको सबभन्दा अग्लो जनावर पनि हो , भाले जिराफ १८ फिट सम्म अग्लो हुन्छ । ३० एक मानिसको शरीरमा भएका सम्पूर्ण नसाहरुलाई जोड्ने हो भने त्यसको लम्बाइ ४५ मिल सम्मको हुन्छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger