Widgets

Home » » मलेशियामा नेपालीका कमाउने अनेक काइदा

मलेशियामा नेपालीका कमाउने अनेक काइदा

Written By sangalo on Tuesday, April 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

विदेशको काम । कति बेला ड्यूटी सकिएला र होस्टलमा पुगेर आराम गरौंला भन्ने ध्यान हरेक कामदारको हुन्छ । तर परदेशको ठाउँमा कम्पनीमा मात्र काम गरेर केही बचाउन नसकेपछि नेपालीहरुले फुर्सदको बेला अरु नै ब्यापार व्यवसाय पनि गर्ने गरेको पाइन्छ ।

यसरी काम गर्ने कतिले त नेपालीहरुलाई नै सेवा दिँदै धेर थोर आम्दानी पनि गरिरहेका छन् । मलेशियामा यसरी अतिरिक्त आम्दानीको बाटो पहिल्याएका २ श्रमिकको कथा उहाँहरुकै शब्दमा : 

पुर्णबहादुर गुरुङ/इलाम

म मलेसिया आएको ३ वर्ष भइसक्यो । काठमाडौंको मनकामना म्यानपावरलाई १ लाख ५ हजार रुपैयाँँ तिरेर यहाँ आएको हो । म यहाँको एपिएम कम्पनीमा दैनिक १२ घण्टा काम गर्छु ।  यो कम्पनीमा मैंले गर्ने काम सजिलो छैन । ताता ताता फलामहरु उचाल्नु पर्छ ।

मोटरमा लाग्ने बिभिन्न पार्टपुर्जा बनाउने यो कम्पनीमा पसिनै पसिनै हुने गरी एकछिन बस्न समेत नपाई दैनिक  १२ घण्टा काम गर्छु । त्यसरी काम गर्दा सोचे अनुसारको रकम हात पदैउन । त्यसैले फुर्सको बेला कपडा ब्यापार गर्छु । म सँगैका कतिपय साथीहरु होस्टलमा पुगेर आराम गरिरहेका हुन्छन् । तर मलाई आराम गरौं जस्तो लाग्दैन ।
साथीले फोनबाटै मलाई यस्तो कपडा चाहियो भनेर अर्डर गर्छन । काम सकेपछि म कपडाको पोको बोकेर साथीहरुको होस्टल होस्टलमा पुग्छु ।  धेरै नाफा लिन्न । ब्यापार पनि त्यति ठूलो होइन । यहाँका पसलमा गएकार किन्न नसक्ने वा नजान्ने साथीहरुलाई सहयोग पनि हुने र दुई चार पैसा भए पनि हात पार्ने उद्देश्यले मैंले यो काम थालेको हो ।

कपडासँगै यही मलेसियाबाट निस्किने नेपाली पत्र पत्रिका र मोबाइलका कभर, रिचार्ज कार्ड पनि लगिदिन्छु । साथीहरु पनि खुसी हुन्छन् । सुरुमा अप्ठ्यारो थियो । अहिले त फोनमै अर्डर आउँछ । धेरैलाई चिनेको पनि छु ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger