Widgets

Home » » न्युड सिन दिन पनि तयार छु

न्युड सिन दिन पनि तयार छु

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


विनिता घिमिरेलाई जसरी भए पनि नेपाली फिल्म क्षेत्रको बोल्ड हिरोइन हुनु छ । बोल्ड हिरोइन बन्ने सपना पूरा गर्न विनिताले त्यसको शुरुवात पनि गरिसकेकी छिन् हनिमुन नाइटमा खेलेर । फिल्मको नामले नै थाहा हुन्छ, उनले हिरोइनका रूपमा डेब्यु गरेको हनिमुन नाइटमा ती दृश्य पनि छन् जो हनिमुन कपलका बीचमा हुन्छ । ‘फिल्मको स्टोरी डिमान्डअनुसार हनिमुन कपलका बीच हुने हरप्रकारको सिन दिएकी छु’ कालिङपोङमा जन्मिहुर्केकी र बिर्तामोड घर भएकी हाल नयाँ बानेश्वरमा बस्दै आएकी नवनायिका विनिता कामनासँग भन्दै थिइन् ‘हनिमुन नाइट, चपली हाइटजस्तै फिल्म हो, चपली हाइटमा जस्तो सिन यसमा पनि छ, जो मैलै दिएकी छु । तर यो श्रीमान् श्रीमतीबीचको सम्बन्धको फिल्म हो । सँगसँगै अहिलेको चलेका फिल्मको ट्रेन्डमा बनेको फिल्म हो’, विनिताको ठम्याइ छ– ‘दर्शकको टेस्ट चेन्ज भएको छ । अहिलेका अर्डियन्स फिल्ममा ग्ल्यामर र सेक्स हेर्न चाहन्छन् । अर्डियन्स र फिल्मको स्टोरीको डिमान्डअनुसार मैले हनिमुन नाइटमा बेड सिन, सेक्स सिन सबै दिएकी छ । स्टोरी र अर्डियन्सको डिमान्डअनुसार यस्तो सिन दिन मलाई कुनै आपत्ति छैन ।’ उनको दाबी छ– ‘तर भल्गर सिन र डाइलग छैन ।’ अहिले बजारमा आएका उत्तेजक र यौनले बढावा पाएको फिल्मप्रतिको विनिताको बुझाइ छ– ‘सधैं एउटै टाइप र धारको फिल्म बनिरहेकाले अर्डियन्सले नयाँ टेस्ट खोजिरहेका छन् र त सेक्समा बनेका फिल्म चलिरहेका छन् । हामीले बजारको मागअनुसार नै फिल्ममा काम गर्ने हो ।’ पछिल्ला केही फिल्ममा भएका यौनोत्तेजक दृश्य र अश्लील संवादका कारण ती फिल्मका नायिकाहरू बाहिर सार्वजनिक हुन कठिन परिरहेका बेला विनिता भने यस प्रकारको फिल्मको खुलेरै समर्थन गर्छिन्, यस्तो तर्कका साथ ‘होइन, त्यो त प्रेजेन्टेसनमा पनि भरपर्ने कुरा हो । स्टोरीवाइज स्वीट टाइपको ग्ल्यामर र सेक्स सिनमा त प्रब्लम छैन । सेक्स सिन र ग्ल्यामरबिनाका फिल्म हिजोआज चल्दैनन् । या त स्टोरीमा दम हुनु पर्‍यो । स्टोरीमा दम भएन भने किसै सिन दिएर वा जीउ देखिने लुगा लगाएर पनि के नै हुन्छ र ? त्यसैले मचाहिँ गतिलो प्रेजेन्टेसन र स्टोरी भएको फिल्ममा जस्तोसुकै सट दिन पनि तयार छु ।’ कथाले उनको चित्त बुझाउन सक्यो र यसो गर्न ठीक लाग्यो भने विनितालाई जस्तोसुकै दृश्य दिन पनि अप्ठेरो छैन रे । भन्छिन् नै ‘सही तरिकाले र आर्टिस्टिक वेबाट सुट गर्ने हो भने म न्युड सिन दिन पनि तयार छु, सेक्स सिनमा पनि त्यस्तै हो । स्टोरीको डिमान्ड भएको फिल भयो र यतिसम्मको सिन दिन हुन्छ भन्ने फिल भयो भने त्यस्तो सिन दिने हो । जबर्जस्ती त कसले दिन्छ किस सिन र सेक्स सिन ? तर यी सिन पनि कुन हदसम्मको दिने भन्ने त्यसको सीमा हुन्छ ।’ त्यसो त हिजोआजका नेपाली फिल्म र समाजमा देखिने फेसनलाई हेर्दा र आफ्नो व्यक्तिगत विचारमा पनि हिजोआज सेक्स भनेको सामान्य कुरा हो जस्तो लाग्छ मलाई । ‘समय नै परिवर्तन भइसकेको छ । त्यसैले सेक्स भन्ने कुरा नै नर्मल कुरा हो भन्ने लाग्छ मलाई । ‘सेक्स भनेको प्राकृतिक नियम हो, स्वाभाविक कुरा हो’ १९ वटा म्युजिक भिडियोमा समेत काम गरिसकेकी विनितालाई लाग्छ । छ वर्षअगाडि काठमाडौं छिरेकी विनिताको हिरोइन यात्रा शुरू भएको धरै भएको छैन । २०६५ सालमा मुभी हाउसले आयोजना गरेको मिस टिन प्रतियोगितामा सहभागी भएपछि अचानक अभिनय क्षेत्रमा पाइला बढाएकी उनले सुमन दाहालको निर्देशनमा बनेको मन परेपछिमा नायक निखिल उप्रेतीको बहिनी बनेर खेलिसकेपछि हनिमुन नाइटबाट हिरोइनका रूपमा डेब्यु पाइन् । हनीमुन नाइटअघि दुईवटा फिल्मबाट रिजेक्ट भएको नमीठो अनुभव संगालेपछि सातवटा फिल्मबाट आएको अफर लत्याउँदै आठौं फिल्मबाट डेब्यु लिएको दाबी गर्छिन् । ‘सबै कुरा ठीक थियो । दुई महिना लामो वर्कसप पनि गराइएको थियो । तर सुटिङको अघिल्लो दिन आएर फिल्मबाट हटाइनुको कारण के थियो अहिलेसम्म थाहा पाउन सकेकी छैन, त्यो कारण अहिले पनि खोजी गर्दै छु’ हनिमुन नाइटपछि वान साइड लभ र धूवाँमा खेल्ने अवसर पाएकी विनिताको ३ फिल्म र १९ वटा म्युजिक भिडियोमा काम गर्दै जाँदाको अनुभव छ ‘केटी मान्छेलाई शोषण गर्ने प्रयास गरिँदो रहेछ । गर्लफ्रेन्ड बन, मेरो फिल्मको हिरोइनमा तिमी पक्का भन्ने पनि भेटें । दुई फिल्ममा लास्टमा आएर रिजेक्ट हुनु र तिनै फिल्मका मान्छेले अहिले मलाई नै लिन खोज्नुमा पनि यस्तै केही कारण छ कि भन्ने मलाई लागिरहेको छ ।’ अहिलेका सबै नायिकाहरूसँग प्रतिस्पर्धा गरेरै टपमा पुग्न सक्छु भन्ने आत्मविश्वासकी धनी र मास कम्युनिकेसनकी यी विद्यार्थीका लागि राम्रो पक्ष के भएको छ भने काम गरेका तिनै फिल्ममा उनल बिल्कुलै फरकफरक रोलमा काम गर्न पाएकी छिन् । तर करियरले कुन मोड लिनेछ, त्यो भने फिल्म रिलिजमा आएपछि नै त्यसले रंग देखाउला ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger