Widgets

Home » » कास्कीका ८ प्रहरी कारबाहीमा

कास्कीका ८ प्रहरी कारबाहीमा

Written By sangalo on Monday, April 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
मनोज अधिकारी, पोखरा, चैत २० - प्रहरीको सांगठनिक मूल्य मान्यता र प्रहरी आचरणविपरित क्रियाकलापमा संलग्न कास्कीका ८ प्रहरी कारबाहीमा परेका छन्। २ जनालाई नोकरीबाट निलम्बन, ५ जनाको एक वर्ष बढुवा रोक्का र १ जनालाई नसिहत दिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। प्रहरी चौकी घाचोकमा कार्यरत प्रहरी सहायक निरीक्षक झलकप्रसाद रिमाल र प्रहरी जवान डम्बरबहादुर परियारलाई प्रहरी सेवाबाट निलम्वन गरिएको हो। उनीहरुले जिल्ला प्रशासन कार्यालय कास्कीबाट अवैधरुपमा राखिएका हातहतियार बुझाउन जारी गरिएको सार्वजनिक सूचनाबमोजिम आफनो एरियामा हातहतियार संकलन गर्न खटिने क्रममा उक्त सूचनाको म्याद नसकिँदै स्थानीय व्यक्तिहरुलाई भरुवा बन्दुक र सोको पाटपुर्जा राखेको विषयलाई लिएर डर धम्की देखाई रकम असूली गरेकाले कारबाही गरिएको कास्कीका एसपी केदार रिजालले जानकारी दिए। उनीहरुलाई उचित कारबाही गर्न थप अनुसन्धान भइरहेको छ। उनकाअनुसार नोकरीबाट निलम्बनमा पर्नेमा एक प्रहरी सहायक निरीक्षक र एक प्रहरी जवान छन्। यस्तै एक वर्ष बढुवा रोक्का हुनेमा प्रहरी सहायक निरीक्षक, एक हवल्दार र तीन जवान छन्। यसैगरी नसिहत पाउनेमा एक प्रहरी परिचर छन्। यसैगरी जिल्ला प्रहरी कार्यालय कास्कीले गुण्डार्दी नियन्त्रण गर्न संचालन गरेको अप्रेशन जलकुम्भीकै क्रममा एक सातायता ७ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कास्की लुम्ले-४ बस्ने वर्ष १९ को विकास बि.क., मनबहादुर बि.क., सोमबहादु बि.क सुनिल परियार छन्। यस्तै पोखरा-१० बुद्धचोकबाट १ थान खुकुरी र रडसहित स्याङ्गजा चिन्नेवास-२ बस्ने वर्ष १८ को सागर थापा, गोरखा जौवारी-४ बस्ने वर्ष १९ को कृष्ण बस्याल र कास्की घान्द्रुक-७ बस्ने वर्ष २० को किरण सेन्चरी पक्राउ परेको जनाएको छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger