Widgets

Home » » सिडिओ नहुँदा सर्बसाधारण मर्कामा

सिडिओ नहुँदा सर्बसाधारण मर्कामा

Written By sangalo on Monday, April 1, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
मदन ठाकुर, रौतहट, चैत २०- जिल्लामा प्रमुख जिल्ला अधिकारी जिवनप्रसाद वलीसहित तीन अधिकृत नहुँदा सर्वसाधारण मर्कामा परेका छन्। प्रजिअ सहित चार अधिकृत दरबन्दी भएको जिल्ला प्रशासन कार्यालय एक जना प्रशासकीय अधिकृतका भरमा चल्दै आएको छ। प्रजिअ नहुँदा सेवाग्राहीले अंगिकृत नागरिकता बनाउन पाएका छैनन्। औरैया- ३ का राजेश साह श्रीमती नितुकुमारीको वैवाहिक अंगिकृत नागरिकता बनाउन १० दिनदेखि कार्यालय धाइरहेका छन्। काठमाडौंमा सुनचाँदी व्यवसाय गर्दै आएका साह व्यापार छाडेर नागरिकताका बनाउन बसेका हुन्। प्रजिअ आउलान् कि भनेर उनी दिनभर कार्यालयमा बस्छन्। साह जस्तै दैनिक पाँचदेखि सात जना अंगिकृत नागरिकता बनाउन आउँछन्। प्रजिअ नहुँदा मुद्दा खेपिरहेकाहरु तारेख लिएर घर फर्किने गरेका छन्। गाउँदेखि आएका सेवाग्राही रित्तो हात फर्कनु पर्दा निराश छन्। सग्राम्पुर-३ का पंचनराय यादव छोराको नागरिकता बनाउन तीन दिनदेखि प्रशासन कार्यालय धाइरहेका छन्। जन्म दर्ता र विद्यालयको प्रमाणपत्रमा नाम फरक भएपछि नागरिकता बनाउन समस्या भएको यादवले बताए। गाउँमा मतदाता नामावली टोलीसंग नागरिकता अभावमा फोटो खिचाउन नपाएको पिपरारजवडाका बाबुलाल महतोले बताए। प्रशासनमा कार्यरत एक मात्र अधिकृत बसन्त न्यौपानेलाई भ्याइ नभ्याइ छ। निमित्त प्रजिअको पदभार सम्हालेका न्यौपानेले एक्लै काम गर्दा ढिलासुस्ती भइरहेको बताए। होलीपछि नागरिकता बनाउनेहरुको भिड बढेको छ। दैनिक डेढ सयदेखि दुई सयसम्मले नागरिकता बनाइरहेको नागरिकता फाँटका कर्मचारी बलिराम साहले बताए। प्रजिअ वलीले दरवन्दी भएकै ठाउँ गृह मन्त्रालयमा सोमवार हाजिर भएको बताए। रौतहट आउने टुङ्गो नभएकाले मन्त्रालयमै हाजिर भएर बस्नु परेको उनले बताए।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger