भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
अमेरिकाको २ ठूला पोर्न कम्पनीले लस एन्जल्सको एक कानूनलाई चुनौती दिंदै अदालत पुगेका छन् । लस एन्जल्सको एक कानूनले पोर्न फिल्मका कालाकारलाई कण्डम लगाउन अनिवार्य गरेपछि उक्त कानून विरुद्ध त्यहाँका पोर्न फिल्म कम्पनी ‘भिभिद’ र ‘क्यालिफा’ अदालत पुगेका हुन् । यी पोर्न कम्पनीहरुले उक्त कानूनले अमेरिकी संविधानमा निहित अभिव्यक्ति स्वतन्त्रताको अधिकारको उल्लंघन गरेको दाबी गरेका छन् । लस एन्सल्समा उक्त कानून ‘मेजर बी’ नामले परिचित छ । जसलाई एड्स हेल्थकेयर फाउन्डेसनको समेत सर्मथन रहेको छ । त्यस्तो कानूनले वयस्क फिल्ममा काम गर्ने कलाकारलाई एड्सबाट बच्न मद्धत गर्ने फाउन्डेसनको तर्क छ । यता अर्कोतर्फ २ पोर्न कम्पनीहरुले भने उक्त कानूनका विरुद्ध लड्न तयार भएको बताएका छन् । सो कानून सन् २०१२ को जनवरी २ बाट लागू भएको थियो । कानून अनुसार क्यालिर्फोनिर्यामा पोर्न फिल्म बनाउन अनुमति दिंदा कलाकारले अनिवार्य कण्डम लगाउनुपर्ने शर्तसहित अनुमति दिइने गरेको उल्लेख गरिएको छ । तर, पोर्न फिल्म व्यवसायसँग सम्बन्धित व्यक्तिहरुले भने उक्त कानूनको पालना गरेमा आफूहरुको व्यापार प्रभावित हुने र गैरकानूनी ढंगबाट पोर्न फिल्म बन्ने स्थिति सिर्जना हुने दाबी गरेका छन् । त्यस्तै लस एन्जल्सकी बेलायती पोर्नस्टार किरन लीले घरमा बसेर पोर्न फिल्म हेर्ने दर्शकले कण्डम लगाएको फिल्म हेर्न चाहँदैनन् भनेकि छन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.