भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
खानामा हरियो सागसब्जी बढाउनुपर्छ भन्ने कुरा हामी सबैलाई थाहा भएकै कुरा हो । किनकि हरियो सागको सेवनले शारीरिक तन्दुरुस्तीका साथै सौन्दर्य बढाउन मद्दत गर्छ । हरियो साग मात्र नभएर अन्य विभिन्न रड्डका फलफूलको सेवनले झनै शारीरिक सौन्दर्य बढाउने हुँदा त्यस्ता मौसमअनुसारका फलफूलको सेवन पनि बढाउनुपर्ने हुन्छ । फलफूल र हरियो सागमा एक किसिमको एजथतयअजझष्अब ितत्त्व पाइन्छ । यसले फलफूल र सागमा रड्ड दिने काम गर्छ । साथै यसले एन्टिअक्सिडेन्टको काम गर्छ । यसले मुटुको रोग र आँखाको समस्यालाई समेत रोकथाम गर्न मद्दत गर्छ । यसरी हामीले दैनिक सेवन गर्दै आएका सागपात एवम् फलफूलमा हुने हरेक रड्डले शरीरलाई आफ्नै किसिमले फाइदा पुर्याएको हुन्छ । त्यसैले यहाँ केही रड्डहरू र त्यस्ता रड्डयुक्त फलफूलको सेवनबाट हुने फाइदाका बारेमा जानकारी दिइन्छ ।
पहेँलो रड्ड
सुन्तलाको रड्ड पहेँलो हुन्छ । यसमा प्रचूर मात्रामा भिटामिन ‘सी’ हुन्छ । शरीरमा रोग–प्रतिरोधात्मक शक्ति बढाउन सुन्तलामा भएको क्यारोटिनोइड्स ९ऋबचयतभलयष्मक० ले धेरै मद्दत पुर्याउँछ । सुन्तला र भुइँकटहरजस्ता अम्लीय फलमा पाइने द्यभतब(ऋबचयतभलभ ले शरीरलाई आवश्यक पर्ने भिटामिन ‘ए’उपलब्ध गराई आँखाको दृश्य शक्ति तथा छाला स्वस्थ बनाउन मद्दत गर्छ । यस्ता फलहरूमा सुन्तला, भुइँकटहर, सगरखण्ड, गाजर, आरु, फर्सी, स्वीट कर्न, काँक्रो आदि पर्दछन् ।
प्याजी रड्डका फलफूलहरूमा ब्ल्याकबेरी, ब्लुबेरी, अंगुर,अञ्जिर, आरुबखडा, किसमिस, रातो बन्दाकोपी आदि पर्दछन् । यी खाद्यपदार्थहरूमा च्भकखभचबतचय ितत्त्व प्रशस्त मात्रामा पाइन्छ । यी खाद्यपदार्थमा हुने च्भकखभचबतचय िले मुटुको रोगलाई कम गर्छ । सम्झनाशक्ति वृद्धि गर्छ । साथै यसले अनुहार स्वच्छ, ताजा तथा चम्किलो बनाउँछ । हातखुट्टा चिसो हुने समस्यालाई कम गर्न पनि मद्दत गर्दछ ।
रातो रड्डका फलहरूमा ब्लतजयअथलबलष्ल तत्त्व हुन्छ । यस तत्त्वले पिसाबनलीमा इन्फेक्सन हुने समस्या समाधान गर्न मद्दत गर्छ । रेड बेरी फलमा यो तत्त्व हुने भएकाले यसको रस सेवन गर्नाले पिसाबनलीमा टाँसिएर रहेको ब्याक्टेरिया सफा गर्न मद्दत पुग्छ । रेड बेरी मात्र नभएर गोलभेंडा, अम्बा, खर्बुजा, अंगुरजस्ता फलमा पाइने Lypopene ले क्यान्सर निरोधकको काम गर्छ । यस श्रेणीमा Peppers, खुर्सानी, चेरी फल,स्ट्राबेरी, रातो स्याउ पर्छन् ।
यहाँ बताइएका विभिन्न मौसममा पाइने फलफूल एवम् तरकारीजन्य खाद्यपदार्थहरूको सेवनले शरीरमा आवश्यक पौष्टिक तत्त्वको रोम्रो आपूर्ति हुन्छ । यसले छाला, कपालमा पोषण पुगी सौन्दर्य बढ्नुका साथै शारीरिक क्षमतामा पनि वृद्धि भई रोगप्रतिरोध क्षमतासमेत बढ्छ । यहाँ उल्लेख गरिएभन्दा बाहेक अन्य रड्डका फलफूल एवम् तरकारीजन्य खाद्यपदार्थको पनि महत्त्व उत्तिकै छ । त्यसैले शारीरिक सुन्दरताका लागि मौसमअनुसार फल्ने सबै रड्डका फलफूलको सेवन अपरिहार्य मानिन्छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.