Widgets

Home » » मदिराको ह्याङओभर महले हटाउँछ

मदिराको ह्याङओभर महले हटाउँछ

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


मदिरा सेवनबाट क्षणिक आनन्दको अनुभूति त होला तर यसमा रहेको एसिटालडिहाइड विषाक्त हुने भएकाले शरीरमा यसले नकारात्मक असर पनि पार्न सक्छ । यस विषाक्त तत्त्वले टाउको दुख्ने, चक्कर लाग्ने र उल्टी आउनेसमेत हुन सक्छ । यति मात्र नभएर लामो समयसम्म ह्याङओभर भइरहन्छ । रोयल सोसाइटी अफ केमेस्ट्रीका शोधकर्ताका अनुसार मदिरा सेवनबाट हुने ह्याङओभर हटाउन महको सेवन प्रभावकारी हुन्छ । महमा पाइने फ्रुकटोसले शरीरमा हुने मदिराको कुप्रभाव हटाउँछ । त्यसैले महको सेवनपछि मदिरामा पाइने एसिटालडिहाइड विषाक्तको प्रभाव कम हुँदै जान्छ र बिस्तारै ह्याङओभर पनि खत्तम हुन्छ । यस शोधकर्ता दलका प्रमुख डा. जान एमस्लेका अनुसार ब्रेड वा टोस्टमा मह लगाएर खानाले शरीरमा पोटासियम र सोडियमजस्तो फाइदाजनक तत्त्व प्राप्त हुन्छ । यसले मदिराको कुप्रभाव हटाउँछ । डा. एमस्ले भन्छन्– ‘बिहान एक गिलास दूध र बेलुका सुत्नुभन्दा अगाडि पानी वा शीतल पेयपदार्थ पिउनाले पनि मदिराको असर कम हुन्छ ।’

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger