भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

उचाइ कम भएका नायक तथा नायिका सार्वजनिक कार्यक्रममा भन्दा चलचित्रको पर्दामा केही अग्ला देखिन्छन् । चलचित्रमा देखेको नायक तथा नायिकालाई प्रत्यक्ष देख्दा दर्शकले भन्छन् -’फलानो कलाकार त होचो रैछन् है ।’ यसरी दर्शकलाई नै भ्रममा पार्ने गरी नायक तथा नायिका कसरी अग्ला देखिन्छन्, यो सबैका लागि कौतुहलताको बिषय बन्न सक्छ । अनलाइनखबरले नायिका रेखा थापाको उचाई बढाउने रहस्य फेला पारेको छ । भिडियो हेर्न बक्समा क्लिक गर्नुस !नायिका रेखा थापा चलचत्रि क्षेत्रमा होची नायिकाको रुपमा चिनिन्छिन् । तर चलचित्रको पर्दामा भने रेखा वास्वतीक भन्दा केही अग्ली देखिने गर्छिन् । काठमाण्डौको दशरथ रंगशालामा नायिका रेखा थापाको उचाई बढाउने उपाय अनलाइनखबरको क्यामेरामा कैद भएको हो । अग्ली देखिनका लागि हिल लगाएकी रेखा ट्रलीको पांग्रामाथि उभिएकी थिइन् । ३ वटा पांग्रामाथि उभिएकी रेखाको उचाई सामान्य भन्दा केही इन्च बढी देखिएको थियो । उनी गीतको प्रत्येक सटमा ट्रलिको पांग्रा माथी उभिएकी थिइन् । भिडियो हेर्न बक्समा क्लिक गर्नुस !रेखा मात्र होइन अधिकांश होचा नायक तथा नायिका अग्लो देखिनका लागि ईंट्टा वा यस्तै वस्तुको प्रयोग गरिरहेका हुन्छन् ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.