Widgets

Home » » चुनाव घोषणा भए कांग्रेसको विवाद सकिन्छ : केसी

चुनाव घोषणा भए कांग्रेसको विवाद सकिन्छ : केसी

Written By sangalo on Tuesday, April 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२० चैत, काठमाडौ । नेपाली काग्रेसका नेता अर्जुन नरसिंह केसीले तत्काल निर्वाचनको मिति घोषणा भए सरकार गठनको विषयलाई आफूहरुले पार्टीमा राखिरहेको फरक मत समाप्त हुने बताउनुभएको छ । पार्टीमै फरक मत राखिसकेका २२ जनाको समूहमध्येका केसीले पार्टीको बुधबारबाट सुरु हुने केन्द्रीय समितिको बैठकको पूर्वसन्ध्यामा यस्तो धारणा राख्नुभएको हो । रिपोर्टर्स क्लब नेपालले मंगलबार गरेको साक्षात्कारमा केसीले भन्नुभयो- ‘निर्वाचनको मिति घोषणा हुने हो भने हामी मतभेद छाडेर एकताका साथ निर्वाचनमा जान्छौं ।’ कार्यक्रममा केसीले बुधवार बस्ने केन्द्रीय समितिको बैठकबाटै आफूहरु मतभेद समाप्त गर्ने पक्षमा रहेको बताउनुभयो । निर्वाचनको मिति तत्काल घोषणा नभए या केन्द्रीय समितिको बैठकले मतभेद नटुङग्याए आफूहरु महासमितिको बैठकसम्म बहसलाई लिएर जाने उहाँले स्पष्ट पार्नुभयो । आफूहरुले चार दलको सहमति उल्टाउनु पर्छ नभनेको स्पष्ट पार्दै प्रधानमन्त्री भएपछि रेग्मीले प्रधानन्यायाधीश पद छाड्नु पर्छ भन्ने मात्रै चाहेको बताउनुभयो । ‘वैद्य र यादवलाई उच्चस्तरीय संयन्त्रमा ल्याउनुपर्छ’ निर्वाचनको सुनिश्चितताका लागि नेकपा माओवादी र मधेसी जनअधिकार फोरमसँग पनि बार्ता गरेर उच्चस्तरीय राजनीतिक संयन्त्रमा ल्याउनु पर्ने धारणा राख्दै केसीले त्यो विनाको संविधानसभाले निकास दिनै नसक्ने ठोकुवा गर्नुभयो । एमाओवादीले निर्वाचन नचाहेको आरोप लगाउँदै ऊ हिजैको अवस्थामा रहे फेरि पनि संविधानसभाबाट संविधान बन्न नसक्ने दाबी गर्दै केसीले काग्रेसको पक्षमा जनमत आए मात्रै लोकतान्त्रिक संविधान बन्ने बताउनुभयो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger