Widgets

Home » » भगत सिंह समूहले हतियार बुझायो

भगत सिंह समूहले हतियार बुझायो

Written By sangalo on Tuesday, April 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२० चैत, रौतहट । सशस्त्र भूमिगत सगठन जनतान्त्रीक तराई मधेश मुक्ति पार्टी (भगत सिंह) समूहले जिल्ला प्रशासन कार्यालय रौतहटमा हतियार बुझाएको छ । सरकारसँगको वार्ता पछि हतियार प्रशासनलाई बुझाइएको मिथिला कमाण्ड ईन्चार्ज तथा वार्ता टोलिका संयोजक सुवास चन्द्र सिंह भनिने मनोज मण्डलले बताएका छन् । सरकारले १३ फागुन ०६८ मा पहिलो चरणको वार्ता लुम्बीनीमा र दोश्रो चरणको वार्ता २० श्रावण ०६९ सालमा सुनसरीको पकलीमा गरेको थियो । वार्तापछि हतियार बुझाउने सहमति भए अनुसार नलकटुवा पेस्तोल आठ थान, १२ बोरको एक नाले बन्दुक एक थान, राइफल एक थान, विस्फोटक पदार्थ बारुद १२ किलोग्राम बुझाएको छ । हतियार बुझाएपछि वार्ता टोलिका संयोजक मण्डलले भने-”सरकार सँग दुई चरणमा गरिएको वार्ता पछि आज रौतहटमा हतियार बुझाएका हौं । अब संविधान तथा देश प्रति हामी प्रतिबद्ध भएर काम गर्ने छौं ।” उनले भने “मन्त्री परिषदले पनि हाम्रो सबै माँग पुरा गर्ने बताए पछि अब हतियार राख्नु जरुरी छैन त्यसैले पार्टीको निर्देशन अनुसार हतियार तथा विष्फोटक बुझाएका हौं ।” संयोजक मण्डलले अब सकारात्मक परिवर्तन सहित सामान्य जीवन निर्वाह गर्ने तथा देश विकासका लागी तयार रहने बताए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger