Widgets

Home » » कांग्रेस, एमालेसँग तालमेलका लागि छलफल हुँदैछ : राणा 'राजावादीसँग एकता हुँदैन'

कांग्रेस, एमालेसँग तालमेलका लागि छलफल हुँदैछ : राणा 'राजावादीसँग एकता हुँदैन'

Written By sangalo on Tuesday, April 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२० चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति समशेर राणाले आगामी चुनावमा मिलेर जानका लागि नेपाली कांग्रेस र नेकपा एमालेसँग छलफल भइरहेको बताउनुभएको छ । आगामी निर्वाचनमा लोकतान्त्रिक गठबन्धन बनाउने तयारी भइरहेको खुलासा गर्दै अध्यक्ष राणाले यस विषयमा काग्रेस र एमालेसँग छलफल सुरु भइसकेको जानकारी दिनुभयो । आन्दोलनका बेला गठन भएको ९ दलको गठबन्धनलाई चुनाबसम्मै निरन्तरता दिने योजनामा आफूहरु रहेको राणाले बताउनुभयो । तर, वैद्य नेतृत्वको माओवादीसँग भने आफूहरुले सहकार्य नगर्ने उहाँले बताउनुभयो । मंगलबार रिपोर्टर्स क्लबमा बोल्नेक्रममा राणाले यस्तो बताउनुभएको हो । थापाले गणतन्त्र नमाने एकता असम्भव अध्यक्ष राणाले राजतन्त्रलाई मान्दै आएको कमल थापाको पार्टीले गणतन्त्रलाई स्वीकार नगरे पार्टी एकता हुन नसक्ने बताउनुभएको छ । ‘हामीले गणतन्त्र स्वीकारिसकेका छौं, अब त्यसमा तलमाथि हुँदैन ।’ उहाँले भन्नुभयो- ‘हामी अब राजतन्त्र स्वीकार्दैनौं ।’ अध्यक्ष राणाले राप्रपा नेपालसँग पार्टी एकीकरणका लागि प्रयास जारी रहे पनि गणतन्त्र र राजतन्त्रको कुरामै विवाद कायम रहेको बताउनुभयो । उहाँले भन्नुभयो- ‘कमल थापाजीले गणतन्त्र स्वीकारे एकता हुन सक्छ, तर हामी गणतन्त्र छाडेर जाँदैनौ ।’ तर, धर्म निरपेक्षताको विषयमा राप्रपा नेपालसँग आफूहरुको धारणा समान रहेको स्पष्ट पार्दै ८२ प्रतिसत हिन्दु धर्मावलम्बी भएको मुलुकका जनतालाई सो विषय आफ्नो मत राख्नको लागि जनमत संग्रहगर्नु पर्ने बताउनुभयो । असारमा निर्वाचन हुनै नसक्ने ठोकुवा गर्दै राणाले अहिलेकै गतिमा काम भए मंसिरमा समेत निर्वाचन हुनेमा आशंका ब्यक्त गुर्नभयो । उहाँले भन्नुभयो-’नेकपा माओवादीले अवरोध गरिरहेको छ । ढीलो चुनाव भए भोलि मधेसबाट जनसंख्या अनुसारको क्षेत्र निर्धारण गर्नुपर्ने माग उठ्ने सम्भावना छ । त्यसो भएमा मंसिरमा पनि निर्वाचन हुन नसक्ने खतरा रहन्छ ।’ खिलराज रेग्मी नेतृत्वको सरकार निरंकुशतातर्फ उन्मुख हुन थालेको राणाले बताउनुभयो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger