Widgets

Home » » कांग्रेसका पदाधिकारीहरु समानुपातिक उम्मेद्वार बन्न पाइँदैन: सुजाता 'सुशीलदा'ले राजनीति बुझ्न सक्नुभएन'

कांग्रेसका पदाधिकारीहरु समानुपातिक उम्मेद्वार बन्न पाइँदैन: सुजाता 'सुशीलदा'ले राजनीति बुझ्न सक्नुभएन'

Written By sangalo on Tuesday, April 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

२० चैत, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले आगामी संविधानसभाको चुनावमा पार्टीका केन्द्रीय पदाधिकारीहरुले समानुपातिक चुनावमा भाग लिन नहुने बताउनुभएको छ । साथै आफू पनि समानुपातिकमा नभई प्रत्यक्ष उमेद्वार बन्ने बताउनुभएको छ ।
‘पार्टीका सम्पूर्ण पदाधिकारीले समानुपातिकमा बस्न पाइन्न, सबैले प्रत्यक्ष चुनावमा भाग लिनुपर्छ ।’ आफ्नै निवास मण्डिखाटारमा अनलाइनखबरसँगको कुराकानीमा नेतृ कोइरालाले भन्नुभयो- ‘म पनि प्रत्यक्ष चुनावमा भाग लिन्छु, यसपालिको निर्वाचनमा नयाँ पुस्ताका मान्छेहरुलाई पार्टीले प्राथमिकता दिनुपर्छ ।’
sujata-koiralaविगतको संविधानसभाको चुनावमा आफू पराजित नभएको समेत कोइरालाले दाबी गर्नुभएको छ । ‘मेरो निर्वाचन क्षेत्रमा तीन ठाउँमा बम बिस्फोटन गराइएपछि मैले चुनाव बहिस्कार गरेर हिँडेकी हुँ ।’- कोइरालाले भन्नुभयो-’बहिस्कार गरेको मान्छेलाई कसरी चुनाव हारेको भन्न मिल्छ ?’
दलहरुले कर्मचारीलाई सरकार जिम्मा लगाउनु गलत र अपि्रय घटना भएको कांग्रेस नेतृ कोइरालाको विश्लेषण छ । गिरिजाबाबुले मर्ने बेलामा पनि शीर्ष नेताहरुलाई सहमति गर्नोस् भनेको स्मरण गर्दै आफूले बाबुराम भट्टराईकै नेतृत्वमा गृहमन्त्री लिएर चुनावमा जाऔं भन्दा कांग्रेस नेतृत्वले नमानेर गल्ती गरेको कोइरालाले बताउनुभयो । ‘सुशीलदा’ले राजनीति बुझ्न सक्नुभएन, उहाँले प्रचण्डको कुरामा बढ्ता विश्वास गर्नुभयो ।’

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger