Widgets

Home » » यूएईलाई ६ विकेटले हराउँदै नेपाल फाइनलमा - भोलि अफगानिस्तानसँग उपाधी भिडन्त

यूएईलाई ६ विकेटले हराउँदै नेपाल फाइनलमा - भोलि अफगानिस्तानसँग उपाधी भिडन्त

Written By sangalo on Tuesday, April 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२० चैत, काठमाडौं । नेपाल एसीसी ट्वान्टी-२० कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । झण्डै २० हजार दर्शकको उपस्थितिमा यूएईलाई ६ विकेटले पराजित गर्दै नेपालले अफगानिस्तानसँगको उपाधी भिडन्त पक्का गरेको हो । फाइनल भिडन्त भोलि बुधबार हुनेछ । यूएईले जितका लागि प्रस्तुत गरेको १ सय ३४ रनको लक्ष्य नेपालले अन्तिम ५ बल बांकी छँदा ४ विकेटको क्षतिमा भेट्टाएको हो । अन्तिम २ ओभरमा १८ रन चाहिएको अवस्थामा विनोद भण्डारीको २ छक्काको मदतमा १९ औं ओभरमा १६ रन जोडेपछि नेपाल जित नजिक पुगेको हो । अन्तिम ओभरको पहिलो बलमा कप्तान पारस खड्काले २ रन दिएपछि ५ बल अघि नै नेपाल विजयी भएको हो । नेपालका लागि प्रदीप ऐरीले सर्वाधिक ५८ रन जोडे भने सुवास खकुरेलले २२ रन जोडे । ओपनरद्धय प्रदीप र सुवासले ६१ रनको साझेदारी गरे । ज्ञानेन्द्र मल्लले २० रन जोड्दा विनोद भण्डारी १६ र कप्तान पारस खड्का १२ रनमा अविजित रहे । यसअघि त्रिबि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले व्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३३ रन बनाएको थियो । उसलाई सस्तैमा समेट्ने क्रममा पृथु बास्कोटाले २० रन दिएर ३ विकेट लिए भने शक्ति गौचन र बसन्त रेग्मीले समान २/२ तथा संजम रेग्मीले १ रन लिए । म्यान अफ दि म्याच प्रदीप ऐरी र पृथु बास्कोटालाई पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ट्रफी दिनु भएको थियो । यस्तै क्यानका अध्यक्ष टंक आङबुहाङले १५ हजार नगद प्रदान गर्नुभयो । यसअघि पहिलो सेमिफाइनलमा हङकङलाई ७ विकेटले पराजित गर्दै अफगानिस्तान उपाधी नजिक पुगेको हो । पहिले व्याटिङ थालेको हङकङले १९ ओभरमा सबै विकेट गुमाएर १ सय ९ रन बनाएको थियो । जवाफमा मैदान उत्रिएको अफगानिस्तानले १७ दशमलव १ ओभरमा मात्र ३ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । खेलपछि नेपाली टोलीका कप्तान पारस खड्का र प्रशिक्षक पुबुद्धु दशानायकले भोलिको खेलमा पनि जित निकाल्ने बताउनु भयो । टस हार्नु नेपालको पक्षमा रहेको भन्दै पारसले आजको जित भोलि पनि दोहोर्‍याउने बताए । बलिङ सार्फ नभए व्याटिङ चलेको उनको भनाई छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger