Widgets

Home » » हङकङ आवत-जावत सहज बनाउँछौं : महावाणिज्य दूत

हङकङ आवत-जावत सहज बनाउँछौं : महावाणिज्य दूत

Written By sangalo on Tuesday, April 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२० चैत, काठमाडौं । हङकङका लागि महावाणिज्य दूत महेश दाहालले नेपाल र हङकङबीच आर्थिक तथा व्यवसायिक सम्बन्ध विस्तारमा जोड दिने बताउनुभएको छ । मंगलबार नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँग भएको भेटवार्तामा उहाँले दुई देशबीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तार नै आˆनो मुख्य एजेण्डा भएको बताउनुभयो । परिसंघका अध्यक्ष नरेन्द्रकुमार बस्न्यातले महावाणिज्य दूतको काम दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार गर्दै निर्यात तथा लगानी प्रवर्द्धन गर्ने भएको हुँदा सोही अनुरुप काम गर्न महावाणिज्यदुत दाहाललाई सुझाव दिनुभयो । प्रतिउत्तरमा दाहालले काम गर्न सजिलो होस भनेर निजी क्षेत्रका समस्याहरु र राष्ट्रिय प्राथमिकताको विषयमा सबैसँग सुझाव लिँदै हिँडेको बताउनुभयो । उहाँले हङकङबाट आवश्यक लगानी नेपाल भित्राउन सक्दो प्रयास गर्ने व्यवसायीहरुलाई विश्वास दिलाउनुभयो । नेपाली व्यवसायीहरुले हङकङ आवत-जावत गर्ने क्रममा विभिन्नखालका समस्याहरु भोग्नुपरेको सुनाउँदै परिसंघका अध्यक्ष बस्न्यातले आवत-जावत सहज बनाउनका लागि पहल गर्न महावाणिज्यदूतलाई आग्रह गर्नुभयो । दाहालले यसका लागि आफूले पहल गर्ने आश्वासन दिनुभयो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger