Widgets

Home » » पारस प्रतियोगिताकै उत्कृष्ट खेलाडी

पारस प्रतियोगिताकै उत्कृष्ट खेलाडी

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
विनोद पाण्डे, काठमाडौं, चैत २२- नेपाली कप्तान पारस खड्का म्यान अफ द सिरिजमा चुनिए। पारसले प्रतियोगितामा ४१.४० को औषत र १४१.७८ को स्ट्राइक रेटमा २ सय ७ रन बनाउनुका साथै ४ विकेट लिएका थिए। प्रत्येक खेलको म्यान अफ द म्याचको आधारमा म्यान अफ द सिरिजको चयन गरिन्छ। म्यान अफ द म्याचमा चुनिनेले ३, दोस्रो उत्कृष्टले २ र तेस्रो उत्कृष्टले १ अंक पाउने प्रावधान थियो। फाइनलमा दोस्रो म्यान अफ द म्याचमा चुनिएर २ अंक बटुलेसँगै पारस प्रतियोगिताको उत्कृष्ट खेलाडी भएका हुन्। फाइनल खेल सुरु हुनुअघि हङकङका इरफान अहमदको ८ र पारसको ७ अंक थियो। फाइनल खेलेको ५० रनको जुझारु इनिङले पारसलाई म्यान अफ द सिरिज दिलायो। मलेसिया र सिंगापुरको खेलमा म्यान अफ द म्याचमा चुनिदै पारसले ६ अंक बटुलेका थिए। पारस लगातार दोस्रो खेलमा म्यान अफ द सिरिजमा चुनिएका हुन्। ६ महिना अघि युएईमा नेपाललाई एसिसी ट्रफीको उपाधि दिलाउदा पनि पारस प्रतियोगिताको उत्कृष्ट खेलाडीमा चुनिएका थिए। एसिसी ट्वान्टी-२० मा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलर दुवै हङकङको पोल्टोमा पर्‍यो। वाकास बरकात उत्कृष्ट ब्याट्सम्यान बने। उनले प्रतियोगिताको एकमात्र सतकसहित २ सय ८० रन बनाएका थिए। तानविर अफजलले प्रतियोगितामा सर्वाधिक ११ विकेट लिएका थिए। पारसलाई पल्सर मोटरसाइकल एसिसी ट्वान्टी-२० कपमा पहिलो पटक उपविजेता बनेको नेपाली टोलीलाई बुधबार पुरस्कारको ओइरो लाग्यो। हंसराज हुलास चन्द एन्ड कम्पनीले नेपाली टोलीका उत्कृष्ट खेलाडीमा पारस खड्कालाई मोटरसाइकल प्रदान गर्‍यो। कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले पारसलाई पुरस्कार वितरण समारोहमा पल्सर २०० एनएस मोटरसाइकलको चावी प्रदान गरे। नेपाल क्रिकेट संघ (क्यान) ले टोलीका प्रत्येक सदस्यलाई ५० हजार दिने घोषणा गर्‍यो। क्यानका महासचिव अशोकनाथ प्याकुर्‍यालले पुरस्कार वितरण समारोहमा यसको घोषणा गरे। त्यस्तै सचेदवा इन्ट्रान्स प्रिप्रिरेसनका समीरजंग कार्कीले नेपाली टोलीलाई ५० हजार प्रदान गरेको छ। अफगानिस्तानका प्रशिक्षक कविर खानले म्यान अफ द फाइनलमा चुनिएका गुलबदिन नैबलाई ३ हजार डलर पुरस्कार दिने घोषणा गरे।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger