Widgets

Home » » अस्टेलियामा सडक दूर्घटनामा परी नेपाली विद्यार्थीको मृत्यु

अस्टेलियामा सडक दूर्घटनामा परी नेपाली विद्यार्थीको मृत्यु

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
अस्ट्रेलियाको उत्तरी राज्य डार्विनमा भएको सडक दुर्घटनामा एक नेपाली विद्यार्थीको मृत्यु भएको छ। तीन जना भने घाइते भएका छन्। इस्टर पर्वको बेला सिड्नी सहर घुमेर डार्विन फर्कने क्रममा मंगलबार साँझ माटाराङ्का भन्ने स्थानमा चार जाना नेपाली विद्यार्थी सवार कार सडक दुर्घटनामा परेको थियो। सडक दुर्घटनामा परेर गणेश गैरे, बिष्णु क्षेत्री र नारायण बसियाल घाइते भएका थिए । मृत्यु हुने छात्राको नाम र थर परिवार र साथीहरुको अनुरोधमा गोप्य राखिएको छ। डार्विन शहरबाट प्रकासन हुने एन टी न्युजका अनुसार करिव १३० किलो मिटर प्रति घण्टाको गतिमा गुडिरहेको कार सडकमा ठूलो चारालाई जोगाउन खोज्दा चार बल्ड्याङ खाएर पल्टिएको थियो। उक्त सडक दुर्घटनाका कारण स्टुवार्ट राजमार्ग विहान एक बजे सम्मका लागि बन्द गरिएको थियो। यसैबीच हाम्रो इटरनेट रेडियो डार्विकका संबाददाता कमल सिलवालका अनुसर सडक दुर्घटनामा गम्भीर घाइते भएका एक जनालाई डार्विनको रोयल डार्विन अस्पतालमा उपाचारको लागि ल्याइएको छ भने बाँकी दुइजनाको स्थानिय क्याथि्रन अस्पतालमा उपचार भइरहेको छ। मृत्यु भएकी नेपाली छात्रा सिड्नीबाट पहिलो पटक रोगारिका लागि डार्विन आउँदै थिइन। नेपाली समुदायिक संस्थाको पहमा मृतक नेपाली छात्राको शव डार्विन ल्याउन पहल भइरहेको सिलवाले नागरिकन्युजलाइ बताए। साथै नेपालमा रहेको उनका परिवारका सदस्यसाँग पनि सम्पर्कको प्रयास भइरहेको छ। आकर्षक रोजगारी र स्थाइ बसोबासका लागि सहज हुने कारणले नेपालीहरु सिड्नी, मेलवर्नजस्ता घना सहरबाट नर्दन टेरिटोरी राज्यको डार्विन बसाइ सर्ने गरेका छन्।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger