Widgets

Home » » नक्कली फुलीमा असुली !

नक्कली फुलीमा असुली !

Written By sangalo on Saturday, April 6, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२५ चैत, काठमाण्डौं । रोल्पाका बेगमप्रसाद डाँगी उर्फ विष्णुप्रसादको झापामा छुट्टै शान थियो । उनीसँग भेटेर मेजमानीमा रमाउनु नेपाल प्रहरीका जवानदेखि डिएसपीसम्मले अहोभाग्य सम्झन्थे । झापा तस्करुी नाका काँकडभिट्टा प्रहरी त सँधै नगदनारायणसहित उनको सेवामा हाजिर हुन्थे । जिप्रका, झापाका प्रहरी नजरमा डाँगी नेपाल सरकारका उपसचिव थिए भने काँकडभिट्टा प्रहरीका लागि केन्द्रीय अनुसन्धान व्युरोका डिएसपी । चारदिन अघि उनै डाँगी जिप्रका झापामा आउँदा सलामका लागि उठेका केही प्रहरीका हात काँधमाथि पुग्न सकेनन् । कारण- त्यसअघि नै उनीहरुका आँखाले देखिहाले डाँगीका हातमा त हतकडी रहेछ । डाँगी झापा प्रहरीको हिरासतमा छन् । अहिले झापा चन्द्रगढीबजारबाट पक्राउ गरेर प्रहरीले उनीविरुद्ध ठगी मुद्दामा अनुसन्धान बढाउको छ । ‘डाँगी कहिले शिक्षा मन्त्रालयका उपसविच त कहिले प्रहरीको डिएसपी बन्दा रहेछन्,’ जिल्ला प्रहरीप्रमुख झापाका एसपी शेरबहादुर बस्नेतले भने, ‘पहिले त प्रहरी पनि भुक्किए, अहिले उनको परिचय खुल्यो ठगको,’ नागरिक दैनिकमा खबर छ । सर्वसाधारणमात्र होइन, ‘प्रहरी हुँ’ भन्दै स्वयं प्रहरीलाई ‘चक्मा’ दिनेको सूचीमा डाँगी एक्ला छैनन् । मुलुकका विभिन्न भागमा नक्कली फुली हालेर अपराध गर्नेको सूची लामै रहेको प्रहरीले जनाएको छ । नक्कली प्रहरी बनेर असुल्ने गतिविधि ह्वात्तै बढेपनि कारबाही गर्ने गतिलो कानुन नभएकाले प्रहरीलाई अझै सास्ती बढेको छ । यस्ता अपराधीहरुलाई सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा लगाएर २३ दिन थुन्ने बाहेकको कुनै कानुन नै छैन् ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger