भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२५ चैत, काठमाण्डौं । एक जना बंगालीले तीन लाख बंगाली मुद्रा तिरेर नेपाली राहदानी लिएको खुलेको छ । कुवेतस्थित राजदूत मधुवन पौडेलका अनुसार नेपाली नागरिक दुर्गालाल बिसेको नाममा जारी भएको राहदानी ती बंगाली नागरिकले खरिद गरेका थिए । मोहमद बताउने ती बंगालीलाई कुवेतस्थित नेपाली दूतावासले प्रहरीको जिम्मा लगाएको छ । दूतावासले यसअघि नेपाली राहदानी प्रयोग गरेका २६ जना विदेशीलाई पक्राउ गरिसकेको छ ।
‘बंगालीले प्रहरी रिपोर्ट बनाउन आउँदा नेपाली राहदानी प्रयोग गरेर दूतावास आएका थिए,’ राजदूत पौडेलले भने, ‘त्यसपछि सोधखोज गर्दा बंगाली भएको पुष्टि भएको हो ।’ कुवेतमा कामदारको भिसा लगाउनुअघि दूतावासको प्रहरी रिपोर्ट चाहिन्छ । त्यसकारण कुवेत पुग्ने सबै नेपाली कामदार प्रहरी रिपोर्ट बनाउन अनिवार्य दूतावास पुग्नुपर्ने कान्तिपुर दैनिकमा खबर छ ।
‘बंगालीले बंगलादेशमै एजेन्टसँग नेपाली राहदानी खरिद गरेका रहेछन्,’ उनले भने । कुवेतमा बंगलादेशका नागरिकलाई आउन प्रतिबन्ध लगाएको हुनाले बंगालीहरूले नेपाली राहदानी किन्ने गरेको बताइन्छ । उनीहरू साउदीको भिसा लगाउन बंगलादेशस्थित साउदी दूतावासमा नेपाली राहदानी लिएर जाने गरेका छन् । त्यहाँ पुग्ने राहदानी बेला- बेला हराउने गरेकाले जुन बेचबिखन हुने गरेको आशंका छ ।
ती बंगालीले दुबई आउँदा बंगलादेशको राहदानी देखाएका थिए । कुवेत आउने बेलामा नेपाली राहदानी देखाई कुवेतको अनुमति पाएका हुन् । घरेलु कामदारको रूपमा कुवेत आएका ती बंगालीलाई प्रहरीले दूतावासबाटै नियन्त्रणमा लिएको हो । राजदूत पौडेलका अनुसार प्रहरीले नेपालको राहदानी प्रयोग भएको हुँदा उनलाई आवश्यक कानुनी सजायका लागि नेपालमै पठाएको छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.