Widgets

Home » , » भूतले दुःख दिएको भन्दै परिवार विस्थापित

भूतले दुःख दिएको भन्दै परिवार विस्थापित

Written By sangalo on Friday, April 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


भूतप्रेतले दुःख दिएको भन्दै मोरङ, बेलबारीको एउटा परिवार विस्थापित भएको कुरा सुन्दा पत्यार नलाग्ला, तर बेलबारी-२ मा झन्डै डेड वर्ष अघिदेखि बस्दै आएको एक गुरुङ परिवार घरमा बस्न नसकेपछि स्थानीय बासिन्दाको शरणमा पुगेको छ। चार हप्ता अघिदेखि परिवारमा रहेका सदस्यहरूलाई रातभर दुःख दिएको र परम्पराअनुसार धामी- झाँक्री लगाउँदा समेत दुःख दिन नछाडेको भन्दै उक्त परिवार घरमा बस्न छाडेको हो। तेर्‍हथुमबाट बसाइँ सरेर बेलबारी आइपुगेको उक्त परिवारमा रातभरि भुतप्रेत आएर दुःख दिई परिवारका सदस्यहरू बिरामीसमेत पर्न थालेको भन्दै सो घरमा बस्न नसकेको परिवारका सदस्य दिनेश राईले बताए। गुरुङ परिवारका सदस्यहरू दिनभर आपmनै घरमा बसे पनि राति भने छिमेकी तथा आफन्तकहाँ बास बस्न जाने गरेका छन्। भूतप्रेत भगाउन परिवारले धामी-झाँक्रीहरूबाट झार-फुकसमेत गरायो, तर केही सीप लागेन। आफन्त पर्ने पथरीका एक धामीलाई समेत झारफुक गर्न परिवारकी सदस्य देवी गुरुङले घर छाड्नुअघि आपmनो घरैमा बोलाएको बताइन्, तर घरमै आएका धामीलाई समेत भूतप्रेतले आक्रमण गरेर बिरामी पारेपछि यतिबेला बेलबारीका स्थानीय बासिन्दाहरूसमेत त्रसित छन्। पीडित गुरुङ परिवारले सुनसरी र झापाका १० जना लामालाई ल्याएर समेत रातभर पाठ गराएको थियो। भूतप्रेत हटाउन जम्म्ाा भएका लामाहरूले मरेका आत्माहरू भ्ाड्किएर यसरी दुःख दिने गरेको दाबी गरेका छन्। धरानबाट पाठ पढ्न त्यहाँ पुगेका सोनाम लामाले प्रेतात्माहरूले जो-कोहीलाई पनि दुःख दिने गरेको दाबी गरे। भूतप्रेतप्रतिको विश्वास र डरकै कारण उक्त परिवारमा यस्तो घटना भएको केही जानकारहरू बताउँछन्। यो घटनालाई हाम्रो समाजले अझै पनि रुढिबादी परम्परालाई मान्यता दिँदै आएको ज्वलन्त उदाहरणका रूपमा लिन सकिन्छ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger