Widgets

Home » » बिहीबार ‘फेसबुक फोन’ आउने

बिहीबार ‘फेसबुक फोन’ आउने

Written By sangalo on Tuesday, April 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

विश्वको नम्बर वान सोसल नेटवर्किङ साइट फेसबुकले आउँदो बिहीबार अर्थात् अपि्रल ४ का दिन आफ्नै स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । बिहिबारका लागि बहुप्रचारित पत्रकार सम्मेलनको आयोजना गरेको फेसबुकले ‘एन्ड्रोइडमा नयाँ घर’ शीर्षकको पत्रकार सम्मेलनमा उपस्थित हुन अमेरिकी पत्रकारलाई निम्ता समेत पठाएको छ ।
images
प्रविधि सम्बन्धि साइट टेक क्रन्चका अनुसार उक्त सम्मेलनमा फेसबुकले नयाँ मोबाइल फोन सार्वजनिक गर्नेछ । जुन पूरै फरक नभएर गुगलकै एन्ड्रोइड फोनको परिस्कृत संस्करण हुनेछ । तथापि यसमा फेसबुकको आफ्नै घरेलु संचालन प्रविधि रहनेछ । पत्रकार सम्मेलन फेसबुकको क्यालिफोर्नियास्थित मुख्यालयमा आयोजना गरिनेछ ।
रिपोर्ट अनुसार नयाँ स्मार्टफोनका लागि फेसबुकलाई ताइबानी कम्पनी एचटिसीले सफ्टवेयर निर्माण गरिदिएको छ ।
फेसबुकका १ अर्ब ६ करोड प्रयोगकर्ता मध्ये आधाले मोबाइलबाटै फेसबुक चलाउने गरेको हुनाले आफ्नै मोबाइल फोनमार्फत प्रयोगकर्तालाई सुविधा प्रदान गर्ने सोँचमा फेसबुकले फेसबुक फोन ल्याउन लागेको बताइएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger