Widgets

Home » » डिभोर्स गर्ने दम्पतीका सन्तानले चुरोट खाने खतरा

डिभोर्स गर्ने दम्पतीका सन्तानले चुरोट खाने खतरा

Written By sangalo on Tuesday, April 2, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

सम्बन्ध विच्छेद गर्ने श्रीमान श्रीमतीका छोराछोरी धूमपानको लतमा फस्ने खतरा धेरै हुने एक अध्ययनले देखाएको छ ।
क्यानडाको टोरन्टो विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अनुसन्धानले डिभोर्स गर्ने दम्पतीका सन्तानले डिभोर्स नगर्ने दम्पतीका सन्तानको तुलनामा धूमपान गर्न सिक्ने सम्भावना बढि रहेको देखाएको हो ।
teens-smoking
अध्ययन अनुसार कुनैपनि किशोर जो आफु १८ वर्षको हुनुभन्दा अगाडि आफ्ना बुवा आमाको सम्बन्ध विच्छेद हुन्छ उसले धूमपान गर्न सुरु गर्ने सम्भावना ४८ प्रतिशत बढि हुन्छ । त्यस्तै सम्बन्ध विच्छेद गरेका दम्पतीकी छोरीले धूमपान गर्ने सम्भावना ३९ प्रतिशत बढि हुन्छ ।
शोधकर्ताहरुका अनुसार आफ्ना बाउआमाको सम्बन्ध विच्छेद र छोराछोरीको धूमपानको लतबीच यस्तो गहिरो सम्बन्ध हुनुका विभिन्न कारण हुन्छन् । जसमध्ये शिक्षाको स्तर कमजोर हुनु र परिवारको आर्थिक अवस्था कमजोर हुनु मुख्य कारण हो ।
त्यस्तै आमाबुवा अलग भएको देखेका छोराछोरीमा नैराश्यता तथा डिप्रेसन समेत देखिन्छ । कतिपयमा विभिन्न खालका यौनिक, भौतिक तथा मानसिक दुव्र्यवहारका लक्षण समेत देखा पर्छन् । खासगरी बाउआमाको डिभोर्सका कारण भएको डिप्रेसन तथा तनाव र पीडा भुलाउन युवायुवतीले धूमपान गर्ने गरेको निष्कर्ष शोधकर्ताहरुको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger