भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
(विष्णु तिमिल्सिना,बर्दिया) नेकपा–माओवादीले अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र उहाँका नातेदारको नाममा रहेको खैरीचन्दनपुर गाविसको करिब १ सय विघा जग्गा बुधबार कब्जा गरेको छ। सदरमुकाम गुलरियादेखि करिब २७ किलोमिटर पश्चिम क्षेत्रमा पर्ने खैरीचन्दनपुर–८ हरिनगरमा रहेको अध्यक्ष रेग्मीको परिवारको १४ विघा, उनका ससुरा लक्ष्मीप्रसाद उपाध्यायको परिवारको ३५ विघा र लक्ष्मीप्रसादका जेठान स्व. युवराज उपाध्यायका परिवारको वडा नं. ६ खैरी गाउँमा रहेको ६५ विघा जग्गामा आफ्नो पार्टीको झण्डा गाडी पार्टीको नीतिअनुसार कब्जा गरिएको नेकपा–माओवादीका जिल्ला इन्चार्ज द्रव्य शाह (सुमन) ले जानकारी दिएका छन्। आफ्नो पार्टीले उक्त जग्गा विगत जनयुद्ध कालमै कब्जा गरेको तर शान्तिप्रक्रिया थालनी भएपछि जग्गामा आश्रित भूमिहीन सुकुम्बासी किसानहरूलाई राज्यबाट कुनै वैकल्पिक व्यवस्था नगरी सहमतिबिना बिक्री गर्ने कार्य गर्दै गएकाले पुनः कब्जा गर्नुपरेको शाहको दाबी छ। बुधबार बिहान ३ बजेदेखि ५ बजेसम्म पार्टीको झन्डा गाडेर जग्गा कब्जा गरेको शाहले बताए। बर्दियाका प्रमुख जिल्ला अधिकारी ध्रुवराज जोशीले जग्गामा गाडिएको झन्डा बुधबार बिहानै प्रहरी र स्थानीय जनताले फालिदिएको बताए। कब्जा गरेको दाबी गरिएको मध्ये स्व. युवराज उपाध्यायको १२ वर्षअगाडि नै निधन भइसकेको र उनको परिवारको नाउँमा हाल माओवादीले भनेजति धेरै जग्गा नरहेको, पहिले नै जग्गा कब्जा गर्ने व्यक्तिहरूको सहमतिमा प्रायः माओवादी पार्टीसम्बद्ध व्यक्तिहरूले नै खरिद गरी भोगचलन गरिरहेको एक स्थानीय जानकारले बताएका छन्। विगत सशस्त्र द्वन्द्वकालमा जग्गा कब्जा र मुक्त कमैया आन्दोलन सर्वाधिक चर्चामा रहेको सो क्षेत्रमा पुनः जग्गा कब्जा गर्ने अभियान नेकपा–माओवादीले शुरु गरेपछि जग्गाधनीहरूमा चिन्ता छाएको छ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.