भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

(नेस,काठमाडौं) उच्च माध्यमिक शिक्षा परिषद्ले उच्चमाविका सञ्चालकले विद्यालय परिसरभित्र कुनै पनि छात्रालाई यौन दुव्र्यवहार गरे विद्यालयको सम्बन्धन खारेज गर्न सक्ने आचारसंहिता बनाएको छ। परिषद्ले हिजो बुधबार सार्वजनिक गरेको आचारसंहितामा छात्रामाथि खराब नियतले हेर्नु, खराब अर्थ लाग्ने संवाद बोल्नु, मोबाइलमा खराब संवाद बोल्नु र एसएमएस गर्नुजस्ता अशोभनीय व्यवहार गरे विद्यालयको सम्बन्धन खारेज गरी कानुनबमोजिम कारबाही गर्ने उल्लेख गरिएको छ। परिषद्ले जारी गरेको ६३ बँुदे आचारसंहितामा कुनै पनि विद्यार्थीले विद्यालय आउँदा मोटरसाइकल, मोबाइल र मिनिस्कर्टमा पूर्ण प्रतिबन्ध गरिएको छ। उमावि तहको शैक्षिक स्तरलाई मर्यादित र स्तरीय बनाउन जारी गरिएको आचारसंहिता पालना नगरे यस्ता विद्यालयलाई दिइएको सम्बन्धन खारेज गरिने जनाएको छ। सरकारले गएको असोज २८ गते स्वीकृत गरेको उमाविको आचारसंहिताबारे बुधबार सार्वजनिक कार्यक्रममा बोल्दै परिषद्का उपाध्यक्ष डा. हेमकुमार मिश्रले ‘आचारसंहिता भनेको जेन्टलमेन एग्रिमेन्ट हो, यसलाई सबै उमाविले कार्यान्वयन गर्नुपर्दछ’ भन्नुभयो। उहाँले कार्यान्वयन नगर्न अटेर गर्ने उमाविलाई दिइएको सम्बन्धन खारेज गर्ने चेतावनी दिनुभयो। आचारसंहिता कार्यान्वयन गर्न निजी उमाविसँग सरोकारवालाले सहमति जनाउने प्रतिबद्धता जनाएका छन्। उच्च माध्यमिक विद्यालय संघ हिसानका अध्यक्ष उमेश श्रेष्ठले आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो। प्याब्सनका अध्यक्ष डा. बाबुराम पोखरेलले विद्यालय निर्देशिकाको विषयमा विरोध भए तापनि हिजोदेखि जारी गरिएको आचारसंहिताको पूर्ण पालना गरिने बताउनुभयो। शिक्षा पत्रकार सञ्जाल (इजोन) र परिषद्ले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा परिषद्का सदस्यसचिव भीमलाल गुरुङले आचारसंहिता पूर्ण कार्यान्वयन गर्न अनुगमन प्रणालीलाई सशक्त बनाइने बताउनुभयो। उहाँले हामीले सबैको सहभागितामा तयार गरिएको निर्देशिका पालना हुनेछ भन्ने विश्वास लिएका छौं, यदि यो निर्देशिका उलंघन गरे कारबाही गर्नेछौं। परिषद्का सहसचिव एवम् आचारसंहिता निर्माण समितिका संयोजक प्रवक्ता नारायण कोइरालाले भारतलगायत विश्वका ५० भन्दा बढी शिक्षण संस्थाहरूले लागू गरेका आचारसंहिताको अध्ययन गरी आफूहरूले आचारसंहिता तयार गरेको बताउँदै हरेक बुँदा कार्यान्वयन गर्न पछाडि नपर्ने बताउनुभयो। अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले अनुगमनमा बेवास्ता जनाइएमा आचारसंहिता पूर्ण कार्यान्वयन हुन नसक्ने धारणा व्यक्त गर्नुभयो। आचारसंहिता लागू भएमा छात्राको छोटो ड्रेस देखाएर छात्र तान्ने केही उमाविको गलत नियत अन्त्य हुनेछ। तत्काल ड्रेस कोडबाट आचारसंहिता लागू गराउनुपर्छ। हिस्टानका अध्यक्ष दीपक सुवेदी, सामुदायिक उमावि संगठनका महासचिव प्रह्लाद गौतम, नेविसंघका नेपा लेखनाथ पोखरेलले आचारसंहिता कार्यान्वयन गराउनु चुनौती भए तापनि सबैले यसलाई पालना गर्नुपर्ने बताए।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.