भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौं, (नेस) पूर्वरानी कोमल शाह र पारसकी जेठी छोरी पूर्णिका हिजो बुधबार थाइल्यान्ड जानुभएको छ। थाइल्यान्डको समितिभेज अस्पतालमा उपचारपछि थाइल्यान्डबाट ७ सय किमि टाढा रहेको सुधारकेन्द्रमा भर्ना हुन पुग्नुभएका पूर्वयुवराज पारसलाई भेट्न थाइल्यान्ड जानुभएको हो। जेठी छोरीले बुबा पारसलाई भेट गर्ने चाहना गरेपछि उनकी हजुरआमा पूर्वरानी कोमलले थाइल्यान्ड लग्नुभएको हो। करिब एक साताअघि सुधारकेन्द्रमा भर्ना भएका पारसको अहिलेको अवस्था सामान्य रहेको पारिवारले जनाएका छन्। पारसलाई सहयोग गर्न बुबा ज्ञानेन्द्र, श्रीमती हिमानी र बहिनी प्रेरणा करिब डेढ महिनादेखि थाइल्यान्डमै रहँदै आउनुभएको छ। थाइल्यान्डमा रहनुभएका पूर्वराजाको परिवार कहिले नेपाल फर्कने भन्ने विषयमा कुनै जानकारी नभएको पारिवारिक स्रोतले जनाएको छ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.