भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

मोबाइल चार्ज गर्ने क्रममा हाइ भोल्टेजका कारण २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। बुधवार दिउँसो करिब ३ बजे सिम्पाल काभ्रे–५ का करिब ५५ वर्षीय चन्द्रबहादुर बम्जनको आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा मोबाइल पड्कँदा मृत्यु भएको हो भने मंगलबार रसुवाको डाँडागाउँ–६, खर्कुका १५ वर्षीय मैते तामाङको पनि आफ्नै घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट सर्टहुँदा मृत्यु भएको थियो। मध्यक्षेत्र प्रहरीका अनुसार मंगलबार साँझ करिब ६ः३० बजे तामाङको घटनास्थलमा नै मृत्यु भएको हो। सोही ठाउँकी ३० वर्षीया शर्मिला वाइबा र २४ वर्षीया सुशीला तामाङ पनि विद्युत् स्विच अफ गर्ने क्रममा करेन्ट लागेर घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.