Widgets

Home » » द्वन्द्व बढे देश गम्भीर संकटमा फस्छ - कोइराला

द्वन्द्व बढे देश गम्भीर संकटमा फस्छ - कोइराला

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


बुधबार रामेछापको धोबी बजारमा आयोजना गरिएको एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा बोल्दै सभापति कोइरालाले अब पनि शान्ति र अमनचयन कायम गर्न नसके देश ध्वस्त हुने बताए। प्रजातन्त्रको मुटु निर्वाचन भएको बताउँदै कोइरालाले देश अब निर्वाचनमा गइसकेको बताए। उनले आपूmहरू सकभर असारमा नै निर्वाचन गराउन लागिपरेको बताउँदै ढिलो भए मंसिरमा चुनाव हुने बताए। तर असारको चुनाव भने टर्दै गराएको कोइरालाले संकेत गरे। २०६२⁄०६३ को जनआन्दोलनले अकल्पनीय परिवर्तन गरेको बताउँदै उनले त्यसलाई स्थापित गर्न आपूmहरूले संघर्ष गरिरहेको बताए। उनले देशमा शान्ति र स्थायित्व कायम हुन नसक्दा नेपाल र नेपालीको समृद्धि हुन नसकेको बताए। नेपालमा जलस्रोत, कृषि र पर्यटन क्षेत्रको प्रवर्धन गरी देशलाई समृद्ध बनाउन सकिने प्रचुर सम्भावना रहेको औंल्याउँदै कोइरालाले त्यसका लागि सबैभन्दा पहिले शान्ति र स्थायित्व जरुरी रहेको बताए। नेकपा–माओवादीलगायतका दलहरूले निर्वाचनको कार्यक्रमलाई बिथोल्न लागेको कुरालाई संकेत गर्दै कोइरालाले नेपाली जनताले धेरै दुःख पाएकाले अब थप दुःख दिन नहुने बताए। उनले विवादका विषयहरूमा बसेर छलफल गरी अघि बढ्नुपर्नेमा पनि जोड दिए। सभालाई सम्बोधन गर्दै कोइरालाले लिखु ४ जलविद्युत् आयोजनाको कामलाई अघि बढाउन आफ्नो तर्फबाट प्रयास गर्ने बताए। त्यस्तै मन्थली–धोबी–सिरिसे सडक पिच र धोबीमा क्याम्पस स्थापनाका लागि पनि प्रयत्न गर्ने कोइरालाले आश्वासन दिए।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger