Widgets

Home » » सम्पत्ति विवरण नबुझाए संविधानसभा निर्वाचनमा उम्मेदवारी दिन नपाउने

सम्पत्ति विवरण नबुझाए संविधानसभा निर्वाचनमा उम्मेदवारी दिन नपाउने

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२२ चैत, काठमाण्डौं । संविधानसभा निर्वाचनमा उम्मेदवारी दिन चाहनेले मनोनयन पत्रसँगै अनिवार्य रुपमा सम्पत्ति विवरण पेस गर्नुपर्ने भएको छ । संविधानसभा सदस्यको निर्वाचनसम्बन्धी अध्यादेशको दफा २३ को उपदफा २ को १ (क) मा सो व्यवस्था गरिएको छ । उम्मेदवारको मनायनयन पत्र उम्मेदवार आफैँ वा उसको प्रतिनिधिले पेस गर्न सक्नेछन् । उम्मेदवारले आफू र सगोल परिवारका सदस्यहरुको नाममा रहेको चल अचल सम्पत्तिको विवरण मनानयन पत्रसँगै पेस गर्नुपर्नेछ । यसैगरी, उम्मेदवारले आफ्नो मनोनयन पत्र दर्ता गर्दा उसले नेपाल सरकारवादी हुने कुनै फौजदारी मुद्दा कनै अदालत वा निकायसमक्ष चले/नचलेको सम्बन्धी विवरण पनि पेस गर्नुपर्ने प्रावधान रहेको राजधानी दैनिकमा खबर छ । यसैगरी, कर्तव्य ज्यान, चोरी, डाँका, अपहरण, जबर्जस्ती करणी, मानव बेचविखन तथा ओसारपसार, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, लागूऔषध कारोबार, कैदाबाट भागेको वा अरुलाई भगाएको, जासुसी, संरक्षित वन्यजन्तु र वनस्पति, पुरातात्विक वस्तु वा भन्सार चोरी-निकासी पैठारीको कसुरमा अदालतको फैसलाबाट सजाय पाई सो सजाय भुक्तान गरेको ६ बर्ष पुगेमा उसले उम्मेदवारका लागि योग्यता पुगेको मानिने व्यवस्था पनि संशोधन प्रस्तावमा राखिएको छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger