भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
चाँदनी हमाल, देवघाट,चैत २४- चितवन तनहुँ सिमाको देवघाट अन्तर्गत पर्छ सिन्ताङ गाउँ। चितवनको कविलास गाविसको मुख्य राजमार्गबाट झोलुंगे पुल तरेर ठाडो उकालो डेढ घण्टा हिँडेपछि सेन राजाले बनाएको रमणिय सिन्ताङ गढीको चुचुरो पुगिन्छ तर ठाउँ जति रमणिय छ टुप्पामै रहेको जनज्योती राप्राविको जिर्ण भवनले जो कोहीको मन कुडाउँछ।
माटो ढुंगाको जडानले बनेको पुरानो कालखण्डको भवन,सिलौटे ढुंगाको छानो। त्यै पनि ठाउँ ठाउँमा भत्किएको र मक्किएर झर्दै गरेको। झ्यालमा प्वाल मात्र देखिन्छ। ढोका हेरे कता हो भनेर ठम्याउनै गाह्रो। चितवन सिमानामा भएपनि क्षेत्र तनहुँको अन्तिम छेउ भएकाले सरकारी पहुँच कम छ। अहिले चुनाबमा गाउँ छिरेका नेताहरुसँग स्थानियले स्कुल मर्मतको एउटै माग अघि सार्न थालेका छन्। 'कांग्रेस होस् वा एमाले वा माओवादी जसले स्कुल बनाईदिन्छ एकढिक्का भोट यसपाला उसैलाई,स्थानीय कणबहादुर थापा भन्छन् मेरा साना नातीनातिनाले स्कुलमा राम्ररी पढ्न पनि पाएनन् अब जसलाई पायो उसलाई भोट दिईन्न।' स्कुलका लागि जिल्ला शिक्षा र नेताको घर धाउँदमैमा दिक्क भएको स्थानियहरु बताउछन्। तर कसैले पनि स्कुल बनाउने सहयोग गरेनन्।
पहिलेको चुनाबमा तनहँको क्षेत्रनम्बर बाट नेपाली काँग्रेसका नेताले जितेको क्षेत्र हो। उपसभापति रामचन्द्र पौडेलको पहुँचको क्षेत्र पनि हो देवघाट। तर पनि स्कुल बनाउन कुनै पहल नगरेको गुनासो गाउँलेको छ। 'गएको चुनाबपछि बल्ल गाउँ आउँदैछन् अर्का स्थानिय खेममाया रानाले सुनाईन यत्रोवर्ष स्कुल बनाईदेओ भन्दा कसैले सुनेनन् यसपालाको चुनाबको सर्त नै स्कुल हो।' गाउँलले चुनाबका लागि आउने सबै पार्टीका झण्डा तयार पारेका छन्। भन्छन् ,'जो आउन हामीलाई मतलब छैन उ बेला उनीहरुले चुनाब जिते संविधान बनाउछु भनेर सर्त राखे तर बनाएनन् अब यसपाला स्कुल बनाएपछिमात्र भोट दिन्छौ भनेर हामी सर्त राख्छौ। '
अभिभावकमात्र हैन स्कुले बालबालिका पनि स्कुलको हविगत देखेर दिक्क छन्। पानी परेका बेला भित्र हो कि बाहिर थाहै हुन्न कक्षा पाँच कि विद्यार्थी दिलकुमारी गुरुङ भन्छिन। 'हुरी आएका बेला पनि छुट्टी पानी आएका बेला पनि छुट्टी अर्की स्कुले बालिका उजेली गुरुङले भनिन् पढाई नै हुँदैन त्यसैले साथीहरु सबै परको स्कुलमा भर्ना हुन गैसके। ' नयाँ शैक्षिकसत्रमा विद्यार्थी बढाउने चर्को प्रतिस्पर्धा गाउँमा चलेका बेला सिन्ताङका विद्यार्थी भने छिमेकी गाउँको स्कुलमा आकर्षित भएको प्रधानाध्यापक जीतबहादुर रानाले बताए।
जिर्ण भवनको ६ कोठामध्ये बिचको एककोठा कार्यालय प्रयोजनको लागि छ। अन्य अतिजिर्ण कोठाहरु अस्तव्यस्त कक्षाकोठा हुन्। माटाको भुँई चुहिएको पानीले खाल्डैखाल्डा। 'भित्रभन्दा बाहिर चउरमा पढाउन भन्छौ हामी स्थानिय रामबहादुर थापाले भने भित्र पढे कतिखेर भत्किएर चेपिने हो कि भन्ने डर।'
पार्टीका लागेहरु पनि आफ्नो पार्टीभन्दा पनि जसले स्कुल बनाउछ उसैलाई समर्थन गर्ने पक्षमा छन्। काँग्रेसका क्षेत्रिय स्तरका नेता तुलबहादुर गुरुङ भन्छन् ,'पार्टी भनेर मात्र नहुने रहेछ गाउँमा विकासको पनि खाँचो छ। आस्था एक ठाउँमा भएपनि विकास जसले ल्याउछ उसैलाई गाउँलेको नताले समर्थन गर्नैपर्ने वाध्यता आएको छ।'
यसपाला गाउँलेको चुनाबमा स्कुल बनाईदिने सर्तमा उनीजस्ता सबै दलका स्थानिय नेताले साथ दिने भएका छन्। शनिबार नेपाली काँग्रेस देवघाट गाविसले गरेको जागरणसभामा पनि स्थानियले स्कुल बनाईने माग नै अघि सारे। स्कुलको हरिविजोग हुँदा एकदेखि कक्षा पाँचसम्म जनज्योती राप्राविमा पढ्ने ५९ बालबालिकाको भविष्य अन्यौलमा परेको गुनासो उनीहरुले पोखे।
स्कुलका लागि पहल गर्छु स्थानिय काँग्रेसका नेता प्रेमबहादुर गुरुङले भने आफै पढेको हो तर पार्टीको कामले गाउँ हेर्न सकिन। कुनै बेला विद्यालय व्यवस्थापन समितीको अध्यक्ष समेत उनी थिए। गाउँ बस्दा राम्ररी स्कुल चलाएको बताउने उनी पछिल्ला समितीहरुले राम्रो गर्न नसकेको आरोप लगाउछन्। 'स्कुल स्थानियको पनि हो कसैले नगरे स्थानियले पनि मलजल गर्नुपर्छ ,उनी भन्छन्। तर स्थानियहरु भने आफै गरिखान विकट ठाउँमा गाह्रो भएकाले स्कुलका लागि ईट्टा झार्ने समार्थ्य नभएको सुनाउछन्। विकट गाउँ चितवन नजिक भएकाले चितवनमै पार्न आफुहरुले प्रस्ताव गरेको काँग्रेस देवघाटका सभापति चत्रप्रसाद पौडेल बताउछन्। यी बाहेक यसक्षेत्रमा लालपूर्जा नभएकालाई पूर्जा दिने र ठिमुराबाट देवघाट जोडेर आवागमन सहज पार्ने प्रस्ताव पनि गरेको उनले सुनाए।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.