Widgets

Home » » बोल्ड भए नेपाली कप्तान

बोल्ड भए नेपाली कप्तान

Written By sangalo on Friday, April 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


नेपाली क्रिकेट टिमका क्याप्टेन पारस खड्का सबैको मनमा छाएका छन्। एसीसी ट्वान्टी-२० क्रिकेटमा उनीसहितको नेपाली टिमले हासिल गरेको विजयले टिमका हिरो उनलाई थप लोकपि्रय बनाएको हो। युवतीहरूको नजरमा त उनी 'डि्रम ब्वाई' नै हुन्। धेरैको मनमा बस्न सफल भए पनि पारसले भने कसैलाई आफ्नो मन दिइसकेका छन्। एसीसी ट्वान्टी-२० क्रिकेट चलिरहेकै बेला मलेसियाविरुद्धको खेलमा उनको मन जित्ने युवतीलाई प्रत्यक्ष प्रसारण गरिरहेको नेपाल टेलिभिजनले इन्सर्ट नै गरेर देखायो र उनलाई क्याप्टेन खड्कासँग इन्गेजमेन्ट भएकी युवतीका रूपमा परिचय गरायो। २६ वषर्ीय पारसको मन जित्ने युवती प्राप्ती राज्य लक्ष्मी राणा हुन्। क्रिजमा टिकेर नेपाली टिमलाई विजयको बाटोतर्फ उन्मुख गराउने पारसलाई प्राप्तिले क्लिन बोल्ड गरेकी छिन्। कमर्स एन्ड ट्रस्ट बैंक नेपालमा कार्यरत प्राप्तिसँग पारसको अफेयर चलेको लामो समय भैसकेको निकट स्रोतले बतायो। यो सम्बन्धलाई पारसले वैवाहिक चरणमै प्रवेश गराइसकेका छन्। केही दिनअघि त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा आयोजित नितान्त पारिवारिक जमघटमा उनीहरूले इन्गेजमेन्ट गरेको बताइन्छ। एसीसी ट्वान्टी-२० क्रिकेट प्रतियोगिता चलिरहे को समयमा साप्ताहिकले पारससँग यस विषयमा कुरा गर्दा उनले कुनै टिप्पणी गर्न चाहेनन्। 'म अहिले यस विषयमा केही भन्न चाहन्नँ,' पारसले भनें- 'यस विषयमा मलाई धेरैले सोधिसक्नुभएको छ, तर म अहिले नै केही भन्दिनँ।' यो व्यक्तिगत विषय भएकाले आफूले बोल्न नचाहेको पनि उनको कथन थियो। साप्ताहिकले गत भ्यालेन्टाइन इस्युमा गरेको सर्वेक्षणमा डि्रम भ्यालेन्टाइन अर्थात् सर्वाधिक आकर्षक पुरुषका रूपमा पारस खड्का नै छनौट भएका थिए। आकर्षक शारीरिक बनावटका धनी पारस सबै हिसाबले आकर्षक भएको सर्वेक्षणका सहभागीहरूले बताएका थिए। केही पत्रपत्रिकामा पारसको इन्गेजमेन्टका समाचार पनि नआएका होइनन्। यद्यपि निकटस्थ स्रोतका अनुसार उनीहरू अहिले तत्कालै विवाह गर्ने मुडमा छैनन्। अझै केही समय अफेयर लम्ब्याएर त्यसलाई परिपक्व बनाइसकेपछि मात्र उनीहरू वैवाहिक जीवनमा प्रवेश गर्नेछन्। विवाह ढिलो गर्ने मनस्थितिका कारण पनि पारसले बोल्न नचाहेको बताइन्छ। भनिन्छ, पारसको इन्गेजमेन्ट समारोहमा नेपाली क्रिकेट टिमका दसानायकेसहित टिमका नजिकका साथीहरू उपस्थित थिए। भव्य रूपमा आयोजित इन्गेजमेन्ट समारोहलाई पनि गोप्य राखिएको थियो। 'पारस रिजर्भ स्वभावका छन्, उनी आफ्ना निजी कुरा मिडियामा ल्याउन रु चाउँदैनन्,' नेपाली क्रिकेट टिमसँग सम्बद्ध एक सूत्रले भन्यो- 'उनलाई कुनै पनि विषयमा चर्चा चाहिँदैन जस्तो लाग्छ।' सामाजिक सञ्जाल फेसबुकमा पनि पारस र उनकी गर्लप|mेन्ड प्राप्तिको निकटस्थ सम्बन्ध प्रस्ट रूपमा देखिन्छ। कप्तान पारस क्यानाडामा व्यावसायिक क्रिकेट खेलिरहेका खेलाडी हुन्। नेपाली क्रिकेट टिमका क्यानाडेली प्रशिक्षक पुवदु दसानायकेको अग्रसरतामा पारस उत्तर अमेरिकाको तेस्रो ठूलो पि्रमियर डिभिजनअन्तर्गत पोम्मे कन्फरेन्स लिगमा ओन्टारियो क्रिकेट एकेडेमी एन्ड क्लबबाट खेलिरहेका छन्। ९ टिम सम्मिलित उक्त लिगमा विश्वभरका खेलाडी भए पनि नेपालबाट भने त्यहाँ खेल्ने खड्का पहिलो र एक मात्र खेलाडी हुन्। नेपाली क्रिकेट टिमका लागि शतकीय पारी खेलेका क्याप्टेन पारस टिमका अन्य साथीका पनि भरोसाका केन्द्र हुन्। 'पारस क्रिजमा हुन्जेलसम्म अर्को खेलाडीले पनि राम्रो खेलिरहेको हुन्छ, उनी आउट भए भने खेल पराजय उन्मुख हुन्छ,' टिम सदस्य बताउँछन्। यो वर्ष नेपाली क्रिकेटले दुई ठूला ट्रफिको उपाधि हासिल गरिसकेको छ। गत भदौमा मलेसियामा आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन फोर र असोजमा एसिसी ट्रफी एलिटको उपाधि नेपालले जितेको थियो। सन् २००४ देखि नेपाली राष्ट्रिय क्रिकेट टिममा प्रवेश गरेका पारसको नेतृत्वमा नै टिमले आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीको लक्ष्य पाएको हो। सन् २०१० मा पनि अमेरिकालाई हराउँदै नेपाली क्रिकेट टिमले आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन फोरको यात्रा तय गरेको थियो। नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय रूपमै अगाडि बढाउने सपनासहित पारस र उनका साथीहरूले खेलमा सुधार ल्याउँदै अघि बढेका छन्।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger