भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
राजेश हमाल आजभोली आफ्नी बेनामी गर्लफ्रेन्डबारे खुवै कुरा गर्छन । उनको प्रेममा बरफझैं पग्लिएँ, उनको उपस्थीतिले घरमा बेग्लै रौनक छायो, उनले पकाएको खाना मिठो लाग्यो । के मात्र भनेनन् । एक बर्षभित्र उनैसँग बिबाह गर्ने योजना बनाएका हमालले उनको नाम भने अझै खोलेका छैनन् । तर हमालमाथि यतिखेर अर्कै एक प्रेमिकाले दावी गरेकी छिन् । ती पनि चानचुने हैनन, १६ बर्षदेखि हमालका लागि मरिहत्ते गरिरहेकी १९ बषिर्य युवती । राजेश हमालसँग बिबाह गर्न पाउनुपर्ने उनको माग अब हमालसँगमात्र सिमित रहेन, सार्वजनिक रुपमै बोल्न थालिसकिन् । हजुर, हामी तिनै युवतीको कुरा गर्दै छौं, जसले ३ बर्षको उमेरदेखि राजेश हमालसँग बिबाह गर्ने सपना सांचिन र अहिले १९ बर्षकी तरुनी भएकी छिन् । हमालसँगको प्रेम पनि बडो अचम्मसँग सुरु भयो उनको । करिव ३ वर्षको हुँदा राजेश हमालको सिनेमा हेर्न रञ्जना हल लगेका थिए अभिरुचिको अभिभावकले । गोपीकृष्ण नामक सिनेमा हेर्दै जाँदा एक्कासी हमाललाई कसैले छुरी रोप्यो । सिनेमा हेरीरहेकी अभिरुचि वेहोस भईन । त्यही बाल मस्तिष्कमा राजेशप्रतिको आर्कषण पालेकी अभिरुचीले घरमा आएपछि पनि राजेश हमाललाइ मारे, कसले छुरी हान्यो भन्दै उनी कराउन थालेपछि डक्रटको मा लगीयो । डाक्टरले वाल मनोविज्ञानमा असर परेको भन्दै हमाललाई नै भेटाउन आग्रह गरे । ड्याडि, अंकल सँग राजेश हमाललाइ भेट्न जाँदा उनले भनेकी थिईन-’म तपाइसँग विहे गर्न चाहन्छु ।’ उनै अभिरुचि अहिले ठुली भैसकेकी छिन् । तर, पनि हमाल प्रतिको उनको क्रेजमा कुनै कमि आएको छैन । पहिले नवुझी गरेको प्रेम अहिले वुझ्दा केही परिवर्तन भएको छ तर गहिराई उस्तै छ । अभिरुचि सम्झदै भन्छिन्, यसपछि उहाँलाइ मैले धेरै पटक भेटें । उहाँले मलाई स्कुल टप गर्नुपर्छ, कलेज टप गर्नुपर्छ, तिमीले चाहेको सवै कुरा पुग्छ भन्नुहुन्थ्यो-अभिरुचिले भनिन-’उहाँले भनेअनुसार नै पढें। पहिले मैले उहासँग नै विहे गर्छु भन्ने थियो तर अहिले म उहाँको नम्वर १ फ्यान हुँ भन्ने लाग्छ, अभिरुचिले भनिन् । तर, राजेश हमालले आएर आफुसँग विहे गर्छु भने तयार रहेको अभिरुचीले बताइन् । राजेशसँग उनी कतिसम्म क्रेजी छिन भने हमालसँग नाच्ने कैयौं नायिकालाई झम्टेकी छिन । बाबुले राजेश हमाललाई बिर्स भन्दा उनले बाबुलाई मार्ने धम्की पनि दिइन तर राजेशलाई छाड्ने कुरा सोंच्न पनि सकिनन् । पछिल्लो पटक राजेश हमाल अर्कै युवतीको माया जालमा छन भन्ने उनले पनि सुनेकी छिन् तर हमालप्रतिको क्रेजमा कुनै कमी आएको छैन् । भन्छिन-’उहाँ १४ वर्षको हँदैदेखि प्रेमिका थिए तर म आफुलाई उहाँको प्रेमीका भन्दा माथी सम्भिmन्छु, कसैसँग मेरो तुलना हुनै सक्दैन ।’ राजेश हमालको अहिलेसम्म विहे नहुँदा कतै आफ्नै लागि कुरेको त हैन भन्ने लाग्छ रे अभिरुचीलाई । तर बिहेका लागि हमाललाई बाध्य पार्ने मुडमा छैनन उनी । भनिन- ‘अव म कर गर्दिन, तर विहे गर्छु भन्नुभयो भने तयार छु । अभिरुचिले हमालको विहे नभई आफुपनि विहे नगर्ने वताउँछिन् । अभिरुचिले अहिले आफ्नै घर नजिकको डियाज अस्पतालमा काम गर्न थालीसकेकी छिन् । फक्रेको फुलमा धेरै भमराहरु पनि आइलाग्छन, तर उनलाई ती सवैसँग मतलव छैन् । भन्छिन-भोली हमाल र मेरो विहे भएन र मैले अन्तै विहे गरेँ भने पनि छोराछोरी वोकेर उहाँलाई भेट्न जान्छु ।’
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.