Widgets

Home » » नृत्यकी खानी नीतु नानी

नृत्यकी खानी नीतु नानी

Written By sangalo on Wednesday, April 3, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

यो हरेकजसो डान्स कम्पिटिसनमा उत्कृष्ट हुने प्रतिभाको नाम हो । स्कुल पढ्दादेखि नै डान्स कार्यक्रममा अग्रस्थानमा रहने उनी केही समययता काठमाडौंका थुप्रै कार्यक्रम र महत्त्वपूर्ण विज्ञापनमा देखिने गर्छिन् । नृत्यका कार्यक्रम र विज्ञापन मोडलिङका कारण नीतुलाई हिजोआज भ्याईनभ्याई छ । गत साल मिस नेपालमा भिडेकी उनी फाइनल राउन्डसम्म पुगेर पनि खाली हात फर्कनुपरेछ । ‘थोरै मात्र कमजोरीले मिस नेपाल हुन सकिनँ’, उनले दाबी गरिन्– ‘तर म यो कम्पिटिसनमा भाग लिन छोड्दिनँ र एकपटक मिस नेपाल भएरै छोड्छु ।’ दर्जनौं राष्ट्रिय स्तरका बेस डान्स कम्पिटिसनमा भाग लिएर थुपै्र अवार्डले बैठक कोठा छपक्कै भरेकी नीतुको गुनासो छ– ‘हेर्नुस् न मैले कति अवार्डहरू जितें, तर खोई यसको कतैबाट कदर भएको महसुस गर्न पाएकी छैन ।’ तीजका दर्जनौं गीतको म्युजिक भिडियोमा नृत्य गर्दै आएकी नीतुले लोक र आधुनिक गीतमा मात्र होइन, विभिन्न बैंकको विज्ञापनमा समेत मोडलिङ गरेकी छिन् । जिफन्टअन्तर्गतको ब्युटिसियनको केन्द्रीय सदस्य रहेकी यिनले एक दर्जन जति टेलिफिल्म पनि खेलिसकेकी छिन् । सानैदेखि फिल्म क्षेत्र मन पर्ने भएकाले आफू यतै लागेको तथा अब यो नसा बनिसकेको अनुभूति नीतुलाई हुँदो रहेछ । ‘इम्याजिन आर्टिस्टका रूपमा अगाडि बढ्छु –उनको दृढता छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger