भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
नायिका निता ढुंगाना र अनु शाहको चिनजान भएको डेढ बर्ष भयो । डेढ बर्षको अन्तरालमा उनीहरु एकदमै नजिक भएका छन् । दुबै फुर्सदमा भएको समयमा एक अर्कासँगै हुन्छन् ।म्युजिक भिडियो र सिनेमाको पर्दामा आशा लाग्दा यि दुई कलाकार मिल्ने साथी पनि हुन् । निता र अनुको दोस्ती पोखरामा एक म्युजिक भिडियोको छायांकनको क्रममा भएको हो । यसपछि यि दुई ज्यादै निकट भएका थिए । अनु र निता सिनेमामा सँगै काम गर्न चाहन्छन् । तर आजसम्म यस्तो अवसर नजुटेकोमा यि दुई अचम्ममा छन् । निताले भनिन्, ‘मलाई अफर आएको सिनेमामा अनुको अवसर जुट्दैन, अनुलाई अफर आएको सिनेमामा मलाई अवसर जुट्दैन ।
सिनेमा नगरीमा यि दुई आ आफ्नै तबरले चर्चामा छन् । अनु सोझी नायिका भनेर चिनिन्छिन् । निता राम्रो अभिनय र नृत्य गर्ने नायिकाको रुपमा परिचित छिन् । ‘हामी दुई एउटै सिनेमामा काम गर्न चाहन्छौ, तर अवसर नजुरेकोमा दुखीत पनि छौ’, अनलाइनखरबसँग निता र अनुले भने ।
एकअर्काको लागि ज्यान समेत दिन तयार रहेको बताउने निता र अनुलाई एउटै सिनेमामा काम गर्ने अवसर कहिले मिल्ला, त्यो समयले नै बताउने छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.