Widgets

Home » » २८ वर्ष नाघेको विद्यार्थी उमेद्वार बन्न नपाउने, स्ववियु चुनाव जेठमा हुने

२८ वर्ष नाघेको विद्यार्थी उमेद्वार बन्न नपाउने, स्ववियु चुनाव जेठमा हुने

Written By sangalo on Friday, April 5, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

२३ चैत, काठमाडौं । स्वतन्त्र विद्यार्थी यूनियनको चुनावमा २८ वर्ष नाघेको विद्यार्थीले उमेद्वार बन्न नपाउने नयाँ नियमावली बनेको छ । शुक्रबार त्रिवि सभाले पारित गरेको स्ववियु चुनावसम्बन्धी नयाँ नियमावलीमा संविधानजसभामा जस्तै आधा प्रत्यक्ष र आधा समानुपातिक निर्वाचन प्रणाली अपनाइने भएको छ ।
tuयसअघि जति वर्ष उमेर पुगेको विद्यार्थीले पनि स्ववियू चुनावमा भाग लिन पाउने व्यवस्था थियो । तर, पुरानो नियमावलीलाई संशोधन गर्दै २८ वर्षभन्दा कम उमेरको नियमित अध्ययनरत विद्यार्थीमात्रै उमेद्वार बन्न पाउने नयाँ व्यवस्था गरिएको अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष एवं त्रिविका सिनेट सदस्यले अनलाइनखबरलाई बताउनुभयो । तर, २८ वर्षे उमेर हदको कार्यान्वयन यसपालिको निर्वाचनमा लागू नहुने र ०७१सालपछि मात्रै कार्यान्वयन हुने शर्माले बताउनुभएको छ ।
नयाँ नियमावलीअनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष पदका लागि प्रत्यक्ष निर्वाचन हुने भएको छ भने उपाध्यक्ष र सहसचिव पदका लागि समानुपातिक प्रणाली अपनाइने छ । त्यसैगरी सदस्यहरुमा ५०/५० प्रतिशत समानपातिक र प्रत्यक्ष प्रणाली अपनाइने भएको छ । स्ववियूमा विद्यार्थी संख्याका आधार ११ देखि २१ जनासम्म सदस्य रहने व्यवस्था छ ।
जेठको पहिलो सातामै स्ववियू चुनाव गर्ने त्रिविले निर्णय गरेको छ । चुनावको मिति आइतबार कार्यकारी समितिको बैठकले तय गर्ने बताइएको छ । पाँचवर्षदेखि हुन नसकेको स्ववियू चुनाव त्रिविका ६० वटा आंगिक क्याम्पस र ८ सय ९२ वटा त्रिविका सम्बन्धन प्राप्त निजी एवं पब्लिक कलेजहरुमा हुने छ । ‘अब निजी कलेजमा पनि स्ववियु चुनाव हुन्छ ।- नेता शर्माले बताउनुभयो ।
नेविसंघ र एमाले अखिलको आपत्ति
स्ववियु निर्वाचन नियमावलीमा संशोधन गरिएकोमा नेविसंघ र एमाले निकट अनेरास्ववियूका प्रतिनिधिले आपत्ति जनाएका छन् । त्रिविसभामा सहभागी नेविसंघ नेतृ एवं पीके क्याम्पस सभापति लालकुमारी पोखरेल र नेपाल ल क्याम्पसका स्ववियू सभापतिसमेत रहेका अनेरास्वनियु नेता गुणराज आचार्यले संशोधित नियमावलीलाई नमान्ने घोषणा गर्दै सिनेट बैठकसमेत बहिस्कार गरेका छन् ।
बैठकमा बित्रिका कुलपतिसमेत रहनुभएका मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी र शिक्षामन्त्रीले विद्यार्थीहरुको विवाद चासोका साथ सुन्नुभएको थियो ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger