Widgets

Home » » विदेश पठाउने भन्दै ठग्दै

विदेश पठाउने भन्दै ठग्दै

Written By sangalo on Saturday, April 6, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौ, चैत्र २४ - विदेश पठाउने भन्दै १७ जनालाई ठगी गरेको अभियोगमा प्रहरीले पर्वत दिमुवाका प्रदीप गुरुङलाई पक्राउ गरेको छ । साउदी अरबको अलभेरा कम्पनीमा काम गर्न पठाउने भन्दै १३ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । उनी यसअघि पनि विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका थिए । उनले ठगी गर्नकै लागि अर्कैको नाममा नागरिकता, राहदानी र सवारी चालक अनुमतिपत्र नक्कली निकालेका थिए । ३३ वर्षीय उनले ५ महिनाअघि म्याग्दीको बेनी पुगेर त्यहाँ स्थानीय भोगमाया बुढाथोकीसँग विवाह गरेका थिए । त्यहीबाट सीता गुरुङ र आफ्नै साढु दाइमार्फत ७/७ लाख गरी १४ लाख रुपैयाँ लिएर फरार भएको प्रहरीले जनाएको छ । उनले त्यहाँ विवाह गरेकी बुढाथोकीलाई त्यही छाडेर दमौलीकी आस्मा लम्साल भन्ने युवतीसँग प्रेमविवाह गरेका थिए । लम्साललाई लिएर उनी काठमाडौंमा केही दिन बसेपछि दोलखाको जिरी पुगेर बसेका बेला प्रहरीले उनलाई पक्राउ गरेको हो । गुरुङ ९ वर्षअघि पनि सिन्धुलीमा यसरी नै ठगी गरेर भागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १४ वर्षअघि पोखरादेखि बाग्लुङ जाने बाटो निर्माणमा कुल्लीको काम गरेका थिए । त्यसको दुई वर्षपछि म्याग्दीकै रेखा गुरुङसँग विवाह गरेर साउदी गएका उनी स्वदेश फकर्ंदा श्रीमती पैसासहित बेपत्ता भएकी थिइन् । त्यसपछि भाडाको गाडी चलाउँदै सिन्धुली पुगेको बताएका छन् । सिन्धुलीमा पनि उनले अञ्जु थापासँग विवाह गरेका थिए । त्यहाँ विदेश पठाउने भन्दै श्रीमती र सासूसँग मिलेर १२ लाख रुपैयाँ ठगी गरेर देहरादुन फरार भएका थिए । ४ महिना जति देहरादुन बसेर फर्किएका उनलाई जनकपुरमा प्रहरीले समातेको थियो । ठगी मुद्दामा अदालतले १२ लाख रुपैयाँ धरौटी माग गरेको थियो । माग गरेबमोजिमको धरौटी तिर्न नसकेपछि झन्डै ४ वर्ष कारागार बसेर छुटेका थिए । त्यसपछि पुनः विदेश पठाउने भन्दै ठगी गर्न सुरु गरेका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger