Widgets

Home » » संसारकै “कुरूप” महिलाको

संसारकै “कुरूप” महिलाको

Written By sangalo on Saturday, April 6, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्

ugly girl julia-popup

सुन्दै अनौठो लाग्ने गरी संसारकै ‘कुरूप’ महिलाको रूपमा कहलिएकी जुलिया पास्ट्रानाको मृत्यु भएको एक सय ५३ वर्षपछि गत मंगलबार अन्तिम संस्कार गरिएको छ । उनको शव मृत्यु भएको डेढ सय वर्षभन्दा बढी ओस्लो विश्वविद्यालयमा सुरक्षित राखिएको थियो । सन् १८३४ मा मेक्सिकोमा जन्मिएकी पास्ट्रानाले संसारमै ‘कुरूप’ महिलाको परिचय बनाइन् । उनको अनुहारभरि रौं थियो । अनुहार पनि बाहिर निस्किएकाले झट्ट हेर्दा बाँदरको झैं थियो । उचाइ चार फिट ६ इन्च भएकी सर्कसकी कलाकार पास्ट्राना ‘भालु महिला’ भनेरसमेत चिनिन्थिन् । पतिले समेत उनलाई ‘भालु आइमाई’ भनेर सम्बोधन गर्थे । उनी जन्मजात दुई रोगले ग्रसित थिइन्, जसको उपचार जिन्दगीभर हुन सकेन । त्यही कारण पास्ट्राना कुरूप भइन् । ‘हाइपरटिकोसिस लानुगिनोसा’ का कारण उनको शरीरभरि रौं उमि्रएको थियो । त्यस्तै ‘हाइपरप्लासिया’ का कारण उनको ओठ र गाला बाक्ला हुनुका साथै अनुहार चुच्चो भएको थियो । उनलाई मेक्सिकोका एक सांस्कृतिक प्रशासकले आफ्नो ट्राभल कम्पनीको प्रवर्द्धन गर्न विभिन्न प्रदर्शनीमा ‘अनौठी मान्छे’को रूपमा प्रस्तुत गरे । त्यतिवेला सर्कसका कलाकारको किनबेच हुन्थ्यो । प्रदर्शनीकै क्रममा भेटिएका सर्कसका म्यानेजर थियोडोर लेंटले पास्ट्रानालाई किनेका थिए । वैवाहिक जीवन त्यसपछि उनी लेंटकै सर्कसमा काम गर्न थालिन् । सन् १८५४ मा पास्ट्रानाले सर्कस म्यानेजर लेंटसँग नै विवाह गरिन् । विवाहपछि पनि उनले लेंटकै सर्कसमा निरन्तर आफ्नो कला देखाइन् । लेंटले पास्ट्रानाको शारीरिक बनावटको खुबै फाइदा उठाए । किनभने पास्ट्रानालाई हेर्न सर्कसमा सयौँ मानिस जम्मा हुन्थे । उनी १९औँ शताब्दीको मध्यतिर ‘संसारकी सबैभन्दा कुरूप महिला’को रूपमा प्रख्यात भइन् । आफ्नो सर्कसको दर्शक बढाउन नै लेंटले उनलाई विवाह गरेका थिए । न्युयोर्क टाइम्समा उनले सन् १८५४ मा गरेको आफ्नो सर्कसको विज्ञापनमा ‘पास्ट्रानाले वनमान्छे -उराङउटाङ) र मानव जातिलाई जोड्ने’ उल्लेख गरेका थिए । त्यसकारण उनले पास्ट्रानालाई उपयोग गर्ने उद्देश्यले विवाह गरेका थिए भन्ने स्पष्ट हुन्छ । लेंटले पास्ट्रानाको शवलाई पनि पैसा कमाउन प्रयाग गरे । उनले विभिन्न सर्कसमा उनको शवलाई ‘कुरूप महिला’ को रूपमा प्रदर्शन गरे । तर, ओस्लो पुगेपछि उनको कुकर्म त्यहीँ रोकियो । पास्ट्रानाको मृत्यु सन् १८६० मा उनले रुसमा एक बच्चाको जन्म दिइन् । पास्ट्रानाको छोराको अनुहार पनि दुरुस्तै उनकै जस्तो थियो । तर, जन्मेको दुई दिनपछि नै बच्चाको मृत्यु भयो । पास्ट्रानाको मृत्यु भने सुत्केरी भएको पाँच दिनपछि भयो । जटिल सुत्केरी अवस्थाका कारण मृत्यु भएको चिकित्सकले बताएका थिए । मृत्युपछि लेंटले दर्शक बटुल्न पत्नीको मात्र होइन, छोराको शवलाई समेत युरोपका विभिन्न सर्कसमा देखाएका थिए । यसरी शव राखियो मृत्युपछि पति थियोडोर लेंटले पत्नी र छोराको शवलाई रासायनिक पदार्थले लेपन गरी सुरक्षित राखेका थिए । दुवै शवलाई उनले ‘सर्कस सो’ मा युरोपका धेरै ठाउँमा प्रदर्शन गरे । तर, उनी १९७६ मा सर्कस प्रदर्शनका लागि नर्वे गएका वेला दुवै शव चोरी भयो । ती शव राखिएको घर फोरेर शव लगिएको थियो । नर्वे पुलिसले केही समयपछि दुवै शव बरामद गर्‍यो । तर, छोरोको शव भने कुहिसकेको अवस्थामा भेटियो । पास्ट्रानाको शवलाई सन् ०७६ देखि ओस्लो विश्वविद्यालयको वातावरण नियन्त्रण गरिएको कोठामा सुरक्षित राखियो । पास्ट्रानाबारे फिल्म र पुस्तक उनको जीवनकथामा आधारित फिल्म ‘द एप वुमन’ ले निकै चर्चा बटुल्यो । इटालियन निर्माता कार्लो पोन्टीले फिल्म बनाएका थिए । सय मिनेट लामो यो फिल्म सन् १९६४ मा रिलिज भएको थियो । चर्चित निर्देशक मार्को फेरेरीले निर्देशन गरेको फिल्म कानस फिल्म फेस्टिभलमा समेत देखाइएको थियो । फिल्ममा पास्ट्राना नामको कोही पात्र प्रस्तुत गरिएको छैन । तर, मारिया नामक पात्रले पास्ट्रानाको प्रतिनिधित्व गरेकी छिन् । वनमान्छेझैं लाग्ने ती पात्रलाई निर्देशकले अपि|mकाबाट आएको भनी चित्रित गरेका छन् । ब्ल्याक एन्ड ह्वाइट यो फिल्म इटालियन र प|mेन्च भाषामा बनेको थियो । पास्ट्रानाबारे धेरै पुस्तक र कमिक प्रकाशित छन् । बेलायतका इतिहासकार प|mान्सिस बकल्यान्डले १८६८ मा लेखेको ‘क्युरिओसिटी अफ नेचुरल हिस्ट्री’मा उनको क्षमताको वर्णन गरिएको छ । बकल्यान्डले संगीत र नृत्यमा नयाँ स्वाद दिन सक्ने भन्दै उनको प्रशंसा गरेका छन् । सो पुस्तकमा पास्ट्रानाले तीनवटा भाषा बोल्न सक्ने उल्लेख छ । एक सय ५३ वर्षपछि अन्त्येष्टि उनको शवलाई आफ्नै देश मेक्सिको फर्काएर सम्मानपूर्वक अन्त्येष्टि गर्नका लागि लाउरा एन्डरसन बार्बाटाले सन् २००५ बाट अभियान थालेकी थिइन् । न्युयोर्क बस्ने यी मेक्सिकोकी कलाकारको अभियानमा त्यहाँका अधिकारीले समेत साथ दिएका थिए । पास्ट्रानाले अरूको मनोरञ्जनका लागि जिन्दगीभर भोग्नुपरेको अपमानको बदलामा सम्मानपूर्वक अन्त्येष्टि होस् भन्ने बार्बाटा चाहन्थिन् । उनी गरिमामय इतिहासको हकदार भएको बार्बाटाले बताएकी छिन् । उनले झन्डै आठ वर्ष पास्ट्रानाको शव फर्काउन संघर्ष गरिन् । अन्ततः नर्वेका अधिकारी शवलाई मेक्सिको पुर्‍याउन सहमत भए । पास्ट्रानाको शवलाई उनी जन्मिएको सहर सिनालोआनजिक अन्त्येष्टि गरिएको छ । सो सहरका जनताले उनको अन्त्येष्टिमा सम्मान व्यक्त गरेका छन् । उनको शवलाई मृत्यु भएको एक सय ५३ वर्षपछि गत १२ प|mेबुअरीमा सेतो बाकसमा राखेर सेतै फूलको माला लगाइदिएर अन्त्येष्टि गरियो । अन्त्येष्टिमा सहभागी एक पादरीले भने, ‘मानिस मरेपछि पनि कसैका लागि वस्तु हुन सक्दैन ।’

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger