Widgets

Home » » चिकित्सा पेशा सञ्चालन गर्न खोज्ने आधा नयाँ डाक्टर फेल

चिकित्सा पेशा सञ्चालन गर्न खोज्ने आधा नयाँ डाक्टर फेल

Written By sangalo on Saturday, April 6, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
काठमाडौं, चैत्र २५ - मुलुकमा डाक्टरी पेशा सञ्चालन गर्न खोज्ने झण्डै आधा नयाँ डाक्टरहरु अयोग्य देखिएका छन । नेपाल मेडिकल काउन्सिलले चिकित्साशास्त्रमा स्नातक अर्थात एमविविएस गरेकाहरुलाई मुलुकमा चिकित्सापेशा सञ्चालन गर्न अनुमति दिनको लागि शनिवार लिएको लाइसेन्स परिक्षामा सहभागी मध्येका ४६.६ प्रतिशत डाक्टरहरु अनुत्तिर्ण भएका छन् । काउन्सिलले फरक देशमा अध्ययन पूरा गरेकाको गुणस्तरमा एकरूपता ल्याउन १३ वर्षदेखि 'चिकित्सक लाइसेन्स' परिक्षा लिूदै आएको छ । काउन्सिलको परीक्षा उत्तीर्ण नगरी उपचारमा संलग्न हुन वा मेडिकल चलाउन पाइदैन । लाईसेन्स नलिएका चिकित्सकको उपचार वाट कुनै विरामीको मृत्यु भए ति डाक्टरमाथि ज्यानमारा मुद्दा चल्न सक्छ । यस पटकको लाइसेन्स परिक्षामा एमविविएस पास गरेका चार सय ७० डाक्टरले परिक्षा दिदा ५३ दशमलब ४ प्रतिसत डाक्टरहरुमात्र उत्तिर्ण भएको काउन्सिलले जनाएको छ । दन्त चिकित्सामा एक सय जना डाक्टरले परिक्षा दिएकोमा ८४ प्रतिसत उत्तिर्ण भएका छन् । 'फेल हुनेमा मुलुक वाहिर वाट पढेका र दोहोर्‍याएर लाइसेन्स परिक्षा दिने बढी छन', काउन्सिलको अध्यक्ष डा.दामोदर गजुरेलले शनिवार अवेर राती कान्तिपुर संग भने-'सामान्यतया यस अघि परिक्षा दिने मध्ये एक तिहाई मात्र फेल हुने गरेका थिए ।' यो परिक्षामा कुन मुलुकवाट डाक्टरी पढेकाहरु बढी फेल भए भन्ने तथ्याङ्कको विश्लेषण भइरहेको उल्लेख गर्दे काउन्सिललका एक पदाधिकारीले भने-'पहिले जस्तै यस पटक समेत चीनमा पढेकाहरु बढी फेल भएका छन् ।' यस अघि समेत विदेशमा पढाइ सकेर 'डाक्टर' बनी फर्केका १ सय ९९ जना काउन्सिलको पछिल्लो लाइसेन्स परीक्षामा फेल भएका थिए । काउन्सिलले चिकित्साशास्त्र र दन्त चिकित्सा (एमबीबीएस/बीडीएस) उत्तीर्णलाई पेसा सञ्चालन गर्न दिने अनुमतिपत्रको परिक्षामा नेपालसहित दश मुलुकबाट ७ सय ११ ले परिक्षा दिएकोमा ५ सय १२ जना मात्रै उत्तीर्ण भएको थियो । अर्थात यस अघिको परिक्षामा समेत डाक्टरी पेशा सञ्चालन गर्न खोज्ने मध्ये २८ प्रतिसत पेशा सञ्चालन गर्न योग्य देखिएका थिएनन । त्यसताका चीनमा पढेकामध्ये ७२ प्रतिशत फेल भएका थिए भने रुस, बेलारुस, माल्दोवा, फिलिपिन्स र किर्गिस्तानमा अध्ययन पूरा गरेका कसैले पनि उक्त परीक्षा पास गर्न सकेका थिएनन । यस्तै काउन्सिलले केहि महिना अघि चिकित्साशास्त्रका २५ विधामा स्नातकोत्तर गरेकाहरूका लागि विशेषज्ञ दर्ता प्रमाणपत्रका लागि लिएको विशेष परीक्षामा १३ चिकित्सक फेल भएका थिए । उनीहरूमध्ये ८ जना चीन, तीन जना फिलिपिन्स, एक जना रुस र एक जना नेपालबाट स्नातकोत्तर गरेका थिए ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger