भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
म मावि शिक्ष्।क हुँ। मैले किशोर हुँदै गएका विद्यार्थीर्को मनोभावना बुझेर त्यहीअनुसार पढाउनुपर्छ। मनोविज्ञानमा यौनमनोविज्ञानलाई किन महत्वपूर्ण हाँगा मानिएको होला ? मनोविज्ञानभित्र अरू धेरै विषय परे पनि मानिसले यौन्ामनोविज्ञान्।लाई नै किन यति धेरै महत्त्व दिएका हो लान् ? यसको मनोवैज्ञानिक पाटो पनि छ कि ?
राजेन्द्र धेरै आमा-बुबालाई के भ्रम हुन्छ भने उमेर पुगेका भए पनि छोरा-छोरीले यौनसम्पर्क गरेका छैनन्, हस्तमैथुन पनि गर्दैनन्। आफ्नो सन्तानको उमेर पुगे पनि सानै छ भन्ने परिरहन्छ। अझ उनीहरू अरूका सन्तानभन्दा आफ्ना सन्तान सोझा छन् भन्ने धारणा पाल्छन्। समाजले यौ नलाई खुलेर कुरा गर्ने विषय नमानेका कारण उनीहरू नखुलेका मात्र हुन् यथार्थ भने त्यस्तो नहुन सक्छ।
यौनको विषयमा धेरैको जिज्ञासा भए पनि यस विषयमा खुलेर चर्चा हुने गरेको छैन। किशोर हुँदै गएका विद्यार्थीर्का लागि यौन्ामनोविज्ञान अनिवार्य आवश्यकता हो, तर यो कति आवश्यक छ भनेर हामी कहिल्यै सार्वजनिक चर्चा गर्दैनौं। निश्चय नै नेपालीहरूमा यौन शिक्षा लिने उपयुक्त माध्यम पनि छैन। त्यसैले यहाँ यौन शिक्षाको कमी छ भन्नुपर्ने हुन्छ। मानव यौनिकतासँग जैविक, भावनात्मक, शारीरिक तथा आध्यात्मिक पक्षहरू गाँसिएका हुन्छन्। जैविक पक्ष प्रजनन् स्वस्थ्यसँग सम्बन्धित हुन्छ। भावनात्मक वा शारीरिक भन्नाले दुई व्यक्तिबीचको सामीप्यता र उसले प्रस्तुत गर्ने भावना, माया, विश्वास तथा हेरचाह -केयरिङ) आदि हुन्। आध्यात्मिक पक्षमा दुई व्यक्तिबीच कतै न कतै सम्बन्ध छ भन्ने बुझिन्छ।
विकसित देश र हाम्रो परम्परागत सोच पनि फरक छ। हाम्रो परम्पराअनुसार किशोर-किशोरी र कम उमेरका बालबालिकालाई यौनसम्बन्धी जानकारी दिइँदैन। यस विषयमा कुरा गर्ने अवसर दिइएन भने यसप्रति चासो हुँदैन भन्ने धेरै अभिभावकको मान्यता पाइन्छ। जैविक आवश्यकताको विषय भएकाले यो उमेर बढ्ने र परिपक्वतातर्फ लम्कने क्रमसँगै यौनप्रति चासो बढ्दै गएको हुन्छ। यो अस्वाभाविक पनि हो इन। यौनलाई खुलेर कुरा गर्न नहुने विषयका रूपमा लिनु राम्रो होइन। एउटा किशोर वा किशोरी विवाहका लागि तयार हुँदासम्म पनि यौनको विषयमा छलफल गरिँदैन। धेरैजसो घटनामा यौनका बारेमा साथी, सञ्चार वा वाहिरी माध्यमबाट मात्र थाहा हुन्छ। व्यवस्थित एवं योजनाबद्ध तवरले दिइनेभन्दा यसरी प्रवाहित जानकारीहरू अपर्याप्त हुन्छन् र यसले गर्दा फरक मान्यता तथा ज्ञान सिक्ने सम्भावना हुन्छ। यस्ता जानकारी किशोर-किशोरीको पहिलो चरणमा अपर्याप्त हुँदा यौनसँग सम्बन्धित विभिन्न विकृतिहरू उत्पन्न हुन सक्छन्। किशोरावस्थामै यौनस ँग सम्बन्धित जिज्ञासाहरू बढी हुन्छन्, तर हामी त्यही बेला यौनका रहस्यमय विषयहरूमा कम जानकारी दिइरहेका हुन्छौं। यसले गर्दा उनीहरूको खुल्दुली अझ व्यापक हुन्छ। पश्चिमा देशहरू तुलनात्मक रूपमा खुला छन्। तैपनि यौनका विषयमा आवश्यक र प्रभावकारी रूपमा जानकारी नदिइएका कारण ती देशमा पनि सानो उमेरमै गर्भवती भएका तथ्यहरू सार्वजनिक भैरहेका छन् भने यौनजन्य रोग पनि बढेको पाइएको छ। यसको कारण पनि यौनसँग सम्बन्धित प्रभावकारी एवं आवश्यक जानकारीहरूको अभाव नै हो भन्ने तथ्यप्रति उनीहरू पनि चनाखो हुन थालेका छन्। अभिभावक एवं धार्मिक समूहले यौन शिक्षाको विरोध गरे पनि यस्ता समस्या कम गर्न धेरै देशमा यौन शिक्षामा जोड दिन थालिएको पाइन्छ।
यौन शिक्षामा विभिन्न शारिरीक, मनोवैज्ञानिक एवं सामाजिक पक्षहरू गाँसिएका हुन्छन्, जसले मानिसलाई लवाइखवाइ, रहनसहन, उठबसलगायत यौनसम्बन्ध कायम गर्न हुने नहुने तथा गर्भधारण हुने नहुनेजस्ता जानकारीहरू समेत पर्छन्। यौन शिक्षाअन्तर्गत आफ्नो समाजमा स्वीकार्य व्यवहार वा अवधारणा प्रस्तुत गर्न दिइने यौनसम्बन्धी हरेक शिक्षा पर्छन् भन्ने बुझ्नुपर्छ। यौन शिक्षा विद्यालय जाने बालबालिकालाई दिन सकिन्छ, जसले समाजमा परिवारमा आउन सक्ने हरेक खतरालाई न्यूनीकरण गर्छ। यौन शिक्षामा यौनिकताको शिक्षा पनि पर्छ। जस्तै, परिवार नियोजन, प्रजनन स्वास्थ्य -बच्चा गर्भमा आउने, राख्ने अनि पाउने) अनि आफ्नो शरीरको चित्र, यौनसँग सम्बन्धित धारणा, यौन आनन्द, मूल्य मान्यता निर्णय लिने, सञ्चार, सम्बन्ध, यौन रोगसँग कसरी बच्ने आदि। यति मात्र होइन, यौन शिक्षाले यौन दुव्यर् वहार, यौनजन्य हिंसाजस्ता आपराधिक क्रियाकलापलाई पनि कम गर्छ। त्यसैले विद्यालयस्तरदेखि नै यस्ता विषयमा जानकारी एवंज्ञान दिनु आवश्यक छ। कतिपय देशमा यो विषयलाई विद्यालयकै पाठ्यक्रममा राखिएको हुन्छ। स्वास्थ्य, विज्ञानजस्ता विषयमा प्रजनन स्वास्थ्य, यौनरोग, शरीरका विषयहरूमा पढाइन्छ। हाम्रो समाजमा यौन व्यवहार जस्तै हस्थमैथुन, विवाहअगाडिको यौनसम्बन्ध, स्वप्नदोष आदि विषयमा अझै राम्रोसँग खुलेर चर्चा भएको छैन। बिस्तारै यस्ता विषयमा अभिभावकहरूमा चेतना बढ्न थालेको देखिएको छ, जुन सकारात्मक पक्ष हो।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.