भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२६ चैत, काठमाडौं । नेकपा एमालेले पार्टी परित्याग गरेका र निष्कृय रहेका नेताहरुलाई घर फर्कन आहृवान गरेको छ । मधेसी, आदिवासी-जनजाति लगायत पार्टीका प्रभावशाली नेताहरुले छाड्ने क्रम तीव्र भएपछि एमालेले औपचारिकरुपमा उनीहरुलाई पार्टीमा फर्कन आहृवान गरेको हो ।
सोमबार पार्टी कार्यालय बल्खुमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष झलनाथ खनाल, बरिष्ठ नेता माधवकुमार नेपाललगायतका शीर्ष नेताहरुले पार्टी छाडेका अधिकांश नेता छिटै घर फर्कने दाबी गरेका छन् । गत माघ ३ गते स्थायी समितिले गठन गरेको कार्यदलले आवश्य तयारी, छलफल र पूर्वाधारलाई अगाडि बढाएपछि पार्टी छाडेकाहरु र्फकने वातावरण बनेको नेताहरुले बताएका छन् । स्थायी समिति बैठकले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा सचिव युवराज ज्ञवाली र शंकर पोखरेल सदस्य रहेको कार्यदल गठन गरेको थियो ।
यो पनि पढ्नोस्
‘इतिहासको यस गंभीर घडीमा, हाम्रो पार्टी विगतमा पार्टीमा सक्रिय भएर महत्वपूर्ण भूमिका निर्बाह गर्नु भएका तर विभिन्न नीतिगत, व्यवहारिक या परिस्थितिजन्य कारणले बाहिरिएका, निष्त्रिmय रहेका या भ्रमवश विभिन्न समूहमा अल्झिन पुग्नुभएका सबै कमरेडहरू र मित्रहरूलाई हार्दिक अपिल गर्दछ- आउनुहोस्, आˆनै पुरानो घर एमालेमा फर्कनुहोस् र पार्टीलाई बलियो बनाउँदै राष्ट्र, जनता र परिवर्तनको प्रवाहलाई सुनिश्चित बनाउन सक्रिय भूमिका खेल्नुहोस् ।’ कार्यदल संयोजक पोखरेलले जारी गर्नुभएको अपीलमा उल्लेख छ -’एमालेमा आवद्ध भएर शान्ति, लोकतन्त्र, सामाजिक-आर्थिक रूपान्तरण र राष्ट्रियता सम्वर्द्धनको यो अभियानमा महत्वपूर्ण भूमिका खेल्नुहोस् ।’
कुनैै दलसँग आवद्ध नरहेका तर आफ्नो निष्ठा, विशेषज्ञता र भूमिकाद्वारा समाजमा सकारात्मक योगदान दिइरहनुभएका स्वतन्त्र व्यक्तित्वहरूलाई पनि पार्टीमा आउन एमालेले आहृवान गरेको छ । ‘पार्टी यहाँहरूलाई न्यानो स्वागत गर्न र योग्यताअनुसारको जिम्मेवारी दिन तत्पर छ’ अपीलमा भनिएको छ ।
एमालेले शान्ति, लोकतन्त्र र परिवर्तनका पक्षधर वामपन्थी समूहहरूलाई पनि पार्टी एकीकरणका लागि आहृवान गरेको छ । ‘मुलुकलाई यस अभूतपूर्व सङ्कटबाट निकास दिन परिवर्तनका पक्षधर शक्तिलाई बलियो बनाऔं र समाजको शान्तिपूर्ण रूपान्तरण, सामाजिक न्यायसहितको लोकतन्त्र, बहुपहिचानसहितको सङ्घीयता र सामाजिक सद्भावसहितको राष्ट्रिय एकताका आधारमा संविधानसभाबाट नयाँ संविधान निर्माण गर्दै समृद्ध नेपालको जनआकाङ्क्षालाई साकार पारौं ।’ एमालेले आहृवान गरेको छ ।
एकहप्ताभित्र ‘सरप्राइज’
पार्टी छाडेका को-को र्फकंदैछन् भन्ने कुरा स्पष्ट नपारे पनि एमाले नेताहरुले एकहप्ताभित्र ‘सरप्राइज’ दिने दाबी गरेका छन् । ‘पार्टी छाडेका र अरु समेत गरी ठूलो संख्यामा नेता कार्यकर्ता एमाले प्रवेश गर्दैछन्’ पत्रकार सम्मेलनमा अध्यक्ष खनालले भन्नुभयो-’एक हप्ताभित्र नेपाली राजनीतिमा एमालेले गतिलो सन्देश दिनेछ ।’
पार्टी छाडेकालाई फर्काउन कुनै नीति परिवर्तन नगरिने पनि नेताहरुले स्पष्ट पारेका छन् । ‘हामीले नीति परिवर्तन गर्ने होइन, उहाँहरु नै विचार परिवर्तन गरेर एमालेमा र्फकनुहुन्छ’ पत्रकारको जिज्ञासामा बरिष्ठ नेता नेपालले बताउनुभयो । पटक-पटक भएको वार्ता र छलफलमा पार्टी छाडेका अधिकाँश नेताहरुले र्फकने इच्छा व्यक्त गरिसकेका एमालेले दावी गरेको छ । यसअघिका कमीकमजोरी सच्याएर सबैलाई एकताबद्ध बनाउँदै एमालेलाई मुलुकको पहिलो शक्ति बनाउने नेताहरुले दावी गरेका छन् ।
‘परिवर्तनलाई संस्थागत गर्न, राष्ट्रिय एकतालाई सुनिश्चित गर्न र स्वाधीनता र समृद्धिको दिशामा मुलुकलाई अगाडि लैजान एमाले वैचारिक हिसाबले मात्रै होइन, भौतिक र सङ्गठनात्मक हिसाबले पनि राष्ट्रको पहिलो शक्ति बन्नु र राष्ट्रिय राजनीतिको नेतृत्वमा स्थापित हुनु अपरिहार्य छ’ महासचिव एवं कार्यदलका संयोजक पोखरेलले निकालेको अपीलपत्रमा उल्लेख छ ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.