भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्
२४ चैत, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालसँग विवाह गरेपछि कारावाहीमा परेकी विद्यार्थी नेतृ वीना मगरको कारवाही फुकुवा हुनेभएको छ । वीनासँग बिवाह गरेपछि एमाओवादीले प्रकाशलाई र अखिल क्रान्तिकारीले विनालाई कारवाही गरेको थियो ।
हाल काठमाडौंमै रहेका प्रकाशको कारवाही एमाओवादी पदाधिकारी बैठकले फुकुवा गरिसकेको छ । अब अखिल क्रान्तिकारीले पनि वीनाको कारवाही फुकुवा गर्ने एक नेताले बताए । ‘प्रकाशमाथिको कारवाही फुकुवा भएपछि वीनामाथि चाहीँ कारवाही कायमै राख्ने कुरा भएन ।’ क्रान्तिकारीका एक पदाधिकारीले अनलाइनखबरसँग भने-’अब बस्ने बैठकबाट कारवाही फुकुवा हुन्छ ।’
कारवाहीअघि वीना क्रान्तिकारीको केन्द्रीय सचिवालय सदस्य तथा क्रान्तिकारी नेवाः राज्य समितिको सहइन्चार्ज हुनुहुन्थ्यो । अब फेरि विद्यार्थी राजनीतिमा आउने नआउनेबारे भने वीनाले केही बताउनुभएको छैन ।
Post a Comment
http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |
Note: Only a member of this blog may post a comment.