Widgets

Home » » girlfriend लाई खुशी पार्नलाई के गर्ने .......

girlfriend लाई खुशी पार्नलाई के गर्ने .......

Written By sangalo on Tuesday, March 26, 2013

भिडियो हेर्नको माथि को बक्स मा डबल क्लिक गर्नु होस्


के तपाईंकी प्रेमिका तपाईंसँग रिसाएकी छिन् वा बारम्बार झनक्क रिसाइरहन्छिन् । आफ्नो प्रेमिका रिसाएको कसलाई पो मन पर्ला र ? तर, रिसाएपछि प्रेमिकालाई फकाउन लामै समय खर्चनुपर्ने हुन्छ । कहिलेकाहीँ सोच्नु पनि हुँदो हो, मैले उपहार दिन नसकेकाले प्रेमिकालाई खुसी राख्नसकेको छैन । तर, त्यसो होइन । आफ्नी प्रेमिकालाई खुसी देख्न मन छ भने तलका टिप्स अपनाउनुहोस् र आफूलाई लक्की प्रेमी साबित गर्नुहोस्ः @ प्रशंसा गर्न लोभ नगर्नुहोस तपाईं आफ्नी प्रेमिकाको प्रशंसा गर्न कत्ति पनि नहिचकिचाउनुहोस् । अझ विशेष क्षणमा तपाईंकी प्रेमिका तपाईंको प्रशंसा सुन्न आतुर रहेकी हुन सक्छिन् । त्यस्तो बेला तपाईंको सानो प्रशंसाले नै पनि उनलाई लामो समय खुसी दिन सक्छ । उनको प्रशंसा गरेर उनी सुन्दर भएको जानकारी दिनुहोस्, तपाईंकी प्रेमिकाको अनुहारमा सधैं मुस्कान देख्न सक्नुहुनेछ । 'तिम्रो कपाल राम्रो छ’ भन्नुको सट्टा तपाईंले आफ्नी प्रेमिकालाई आहा, कस्तो राम्�कता देखाइदिनुहोस् हरेक युवती आफूलाई आफ्नो प्रेमीले महत्वपूर्ण ठानोस् भन्ने चाहन्छन् । आफूसँग भएका बेला अरुलाई ध्यान नदेओस् भन्ने उनीहको चाहना हुन्छ । त्यसैले प्रेमिका आफ्ना लागि महत्वपूर्ण भएको आभास गराउनुहोस् । उनलाई कहिल्यै अप्ठ्यारो परेको छि भन्नबारे राम्रोसँग बुझ्नुहोस् । बेलाबेला 'तिमी मेरो संसार हौ ’ जस्ता विशेषण भनेर उनलाई खुसी बनाउनुहोस् । @ फोन गर्न वा मेसेज लेख्न नहिचकिचाउनुहोस् तपाईंले आफ्नी प्रेमिकालाई सकेसम्म फोन गर्नुहोस् । यदि भ्याउनुभएन भने मेसेज लेख्नुहोस् । प्रेमिकाले पठाएका मेसेजको जवाफ सकेसम्म छिटो दिनुहोस् । प्रेमिकासँग नभएको समयमा पनि उनलाई फोन गरेर वा मेसेज लेखेर खुसी राख्न सक्नुहुन्छ । त्यसैले उनलाई बारम्बार फोन गर्नुहोस् र मेसेज लेख्नुहोस् । @ धैर्यसाथ उनका कुरा सुनिदिनुहोस् प्रेमिकालाई खुसी राख्न बाझाबाझ गर्न छाड्नुहोस् र असल श्रोता बन्नुहोस् । यदि उनलाई तपाईंका केहि बानी मन पर्दैनन् भने तिनलाई तत्कालै हटाउनुहोस् । उनको इच्छाबारे तपाईंले सुन्नुभयो भने उनमा पक्कै पनि खुसी छाउँछ । @ सरप्राइज दिनुहोस् समय - समयमा आफ्नी प्रेमिकालाई विभिन्न सरप्राइज दिनुहोस् । कहिलेकाँही कुनै अवसर नभए पनि उपहार दिनुहोस् । कहिलेकाँही कुनै अवसर नै नपारी एउटा यस्तो योजना बनाइदिनुहोस्, जुन उनलाई मन लागेको होस् । यस्ता सरप्राइजले उनलाई खुसी राख्नेछ । @ हाँस्न लोभ नगर्नुहोस् प्रेमिकालाई खुसी राख्न तपाईंमा हँसाउन सक्ने खुबीको विकास गर्नुहोस् । गम्भीर कुरा मात्र गर्दा एक्लिएको महसुस हुनसक्छ । समयसमयमा प्रेमिकालाई दिल खोलेर हाँस्ने जोक्स सुनाउनुहोस् । उनी गम्भीर भएको समयमा पनि केहि रमाइला कुरा सम्झाएर सकेसम्म उनलाई हँसाउनुहोस् । @ विशेष महत्व दिनुहोस् आफ्नी प्रेमिकासँग अरु सामान्य मान्छेभन्दा अलि खुलेर नै कुरा गर्नुहोस् । आफ्ना बारेमा केही गोप्य कुरा छन् भने प्रेमिकासँग बाँड्नुहोस् । यसले गर्दा तपाईंको सम्बन्धमा विश्वास बढ्छ र सम्बन्ध झन् सुमधुर हुन्छ । @ सम्मान गर्नुहोस् कहिल्यै पनि आफ्नी प्रेमिकालाई हल्का रुपमा नलिनुहोस् । तपाईंकी प्रेमिका भनेको तपाईंको आफ्नै सम्पत्ति हुन् । यदि तपाईंसँग कुनै विचार मिल्दैन भने पनि आफ्नी प्रेमिकाको विचारलाई सम्मान गर्न सिक्नुहोस् । प्रेमिकालाई खुसी राख्न सम्मान गर्नु अत्यन्तै महत्वपूर्ण हुन्छ ।

भिडियो हेर्न तल को बक्सको बिज्ञापन काटेर हेर्नु होस्

lt;/div>;
Share this article :

Post a Comment

http://filmysangalo.blogspot.com/ कुनै मान्यता प्राप्त पत्रकार बाटसंचालित होईन | यो ब्लग बाट प्रकासित हुने सामाग्रीहरु नेपालको मान्यता प्राप्त पत्रपत्रिकाहरु र Youtube बाट प्रतिलिपि गरी Facebook मार्फत श्रोता सामुपुर्याउने सानो जमर्को मात्र गरेका हौ |

Note: Only a member of this blog may post a comment.

 
Support : Supported by: खबरjpt
Copyright © 2011. filmsangalo.com - All Rights Reserved
Designed and Published by: Khabarjpt
Proudly powered by Blogger